उर्ली आको सागर बिच डुंगा जस्तै जिन्दगी यो
पुजे देउता नत्र ब्यर्थै ढुङ्गा जस्तै जिन्दगी यो
फुलुन्जेल पो सुवास छर्छ तिप्न खोज्छ प्रत्येकले
झरेपछी निरर्थक फुलको थुङ्गा जस्तै जिन्दगी यो
बिनिमय हुँदो रैछ यहाँ भोक, प्यास, निद्राको नि
कसरी बाचु अभाब भित्र बुङ्गा जस्तै जिन्दगी यो
सबै थोक चाहिन्छ बाच्न आफुसँग छैन केही
खाने मुख परिस्थिती जुङ्गा जस्तै जिन्दगी यो
सम्पूर्णता भित्र यहाँ जस्ले जे भने नि स्विकारीन्छ
बोल्दा बोल्दै लाटो भाछु गुङ्गा जस्तै जिन्दगी यो
झलक काउचा
बागलुङ, हाल दक्षिण कोरिया ।
One Comment