बुर्तिबाङ २०७७ भदौ १ । बुर्तिबाङ बजारमा गत पाँचदिन देखि धारामा पानी नआउँदा बजारबासी खानेपानी समस्यामा परेका छन् । बर्षातको समयमा समेत धारामा पानी नआउँदा सेरा, तारिखेत लगाएत आसपासका गाउँमा पुगेर अधिकांश बजारबासीले पानी ओसारी रहेका छन् । छर्छरे मुहानको पानी गत साउन २७ गतेदेखि अवरुद्ध बनेको छ । चिप्लेटी मुहानको पानी गत साउन ३१ गतेदेखि अवरुद्ध बनेको हो, त्यसैगरी ढोरपाटन ५ प्याङखोलाबाट गत बर्ष जडान गरिएको पानीको मुहान समेत पहिरो जाँदा अवरुद्ध बनेको छ । तिन ठाँउको मुहानबाट पानीको आपुर्ति भैरहेकोमा पहिरोका कारण पानी आपुर्ति हुन छोडेको हो, तर सरोकारवाला निकायबाट व्यवस्थापनमा ध्यान नजाँदा कुनै पनी मुहानको पानी आउन नसक्दा उपभोक्ताहरु खानेपानीको चरम समस्यामा परेका हुन् ।
धारामा पानी नहुँदा टाढाबाट पानी ओसार्नु पर्ने बाध्यता छ, नत खानेपानी समिती छ न नगरपालिकाले काम गर्छ कसैको ध्यान नजाँदा खानेपानीको चरम समस्या यथावत रहेको स्थानिय उपभोक्ता
कुलपती सापकोटाले बताए ।
खोनपानी उपभोक्ता समिती भंग गर्ने गठन गर्ने गर्दै आएपनी नगरपालिकाले उपभोक्ताहरुको समस्याप्रति खासै चासो दिएको छैन । बजारमा प्रति घर खानेपानी जडान बापत १५ हजार ५ सय देखि माथि रकम असुल्दै आएको समितीको आय –व्याय हालसम्म सार्वजनिक भएको छैन । उपभोक्ताहरुले उपभोग गर्दे आइरहेको खानेपानीको आय व्याय प्रस्तुत नगर्दा बजार बासिले निरन्तर आक्रोस पोख्दै आइरहेका छन् ।
नगरपालिकाले गत बर्ष पुरानो समितीलाई विघटन गरेर पुर्व अध्यक्ष पूर्ण बहादुर विकलाईनै पुन नयाँ समितीको अध्यक्ष बनाएर समिती गठन गरेको थियो तर उक्त समितीले समेत काम गर्न नपाई नगरपालिका आफैले खानेपानी हेर्ने जिम्मा लिएको उपभोक्ताहरुले बताएका छन् । नत प्रकृया गत रुपमा समिती गठन गरिन्छ नत भएको समितीलाई समेत जिम्मेवारी दिइएको छ । नगरपालिका आफैले पनी काम नगर्ने परिपाटीले जनतालाई समस्या भएको बताउँदै कर्मचारी व्यवस्थापन गरेर भएपनी खानेपानी जस्तो महत्वपूर्ण आधारभुत आवश्यकता परिपुर्ति गरीनुपर्ने बुर्तिबाङ राइजिङ युवा क्लबका अध्यक्ष सोम पौवीले ईबागलुङलाई बताए ।
One Comment