Sorry, that menu does not exist.
 

बागलुङ उद्योग बाणिज्य संघव्दारा बागलुङ बजार एक हप्ता लक डाउन ?

बागलुङ २०७७ भदौ १ । बागलुङ उद्योग वाणिज्य संघले एक विज्ञप्ती जारी गर्दै आज मध्यराति १२ बजे देखी एक हप्तालाई बागलुङ बजार लकडाउन गर्ने घोषणा गरेको छ । बाउबासंघले विज्ञप्तीमा बिहान साढे ७ बजे देखी १० बजे सम्म र साँझा ४ बजे देखी ६ बजे सम्म व्यापारिक कारोबार गर्ने जनाएको छ । आवश्यक खाद्य सामाग्री, मासु एवं दुग्धजन्य, पदार्थ, तरकारी, ग्याँस, डिजेल, पेट्रोल, मट्टीतेल, औषधी तथा सरसफाईका लगायतका सामाग्रीहरु बाहेकका पसलहरु बन्द गर्न अनुरोध समेत गरेको छ ।

सामान्यतया स्थानीय प्रशासनबाट यस्तो आदेश जारी हुने गरेकोमा बाउवा संघव्दारा एक हप्ता लकडाउनको घोषणा गर्नु नगरवासीले पचाउन सकेका छैनन् । यस्ले जिल्लामा गलत सन्देश प्रवाह गरेको छ । सरोकारवाला निकायको स्वीकृति वा अनुमति वा समन्वयमा लकडाउनको घोषणा गरेको हो भने संघले स्पष्ट पार्नु जरुरी छ र यस सम्वन्धमा स्थानीय प्रशासनले सज्ञान लिनु आवश्यक देखिन्छ ।

बडीगाड गाउपालिका लक डाउन गर्न जिल्ला प्रशासन कार्यालय बागलुङको अनुमती चाहिने बागलुङ जिल्ला सदरमुकाम लकडाउन गर्न नचाहिने यो आफैमा विरोधाभासपूर्ण छ ।
 
 

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments