बागलुङ २०७७ भदौ २ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आज मध्य राति देखी भदौ ९ गते मध्य राति सम्म ७ दिन बागलुङ नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गर्ने बताएका छन् । कोरोना भाईरसको संक्रमण बढ्दै गएपछी निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाई छ ।
कोरोना भाईरसको संक्रमण रोकथाम नियन्त्रणका लागी सरकारव्दारा जारी भएका स्वास्थ्य सुरक्षाका मापदण्ड एवं सावधानीपूर्वक कडाईका साथ पालना गर्न गराउन स्थानीय प्रशासन ऐन २०२८को दफा ६ (३) र संक्रामण रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बागलुङ सदरमुकाम लगायत नगर क्षेत्रमा कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको आशंका वीच बागलुङ नगरपालिकका विभिन्न वडाकार्याहरुले वडा कार्यालयहरुबाट प्रवाह गरिने नियमित सेवाहरु बन्द गर्ने निर्णय गरेका छन् ।
वडाध्यक्ष कोरोना संक्रमित बनेपछी बडीगाड गाउपालिका अहिले पूर्ण लक डाउनमा छ ।