छविलाल पाण्डे, बुर्तिवाङ २०७७ भदौ २ । ढोरपाटन नगरपालिकामा विभिन्न निकायमा आवद्ध १ सय ३३ जनाको पिसिआर स्वाव सँकलन गरिएको छ । कोभिड १९ समुदायस्तरमा बद्दै जान थालेपछि पश्चिम बागलुङका स्थानिय तहले समेत बढी जोखिममा रहेर खटिने विभिन्न क्षेत्रका व्याक्तिहरुको प्रतिनिधी मुलक रुपमा पिसिआर स्वाव सँकलन गरिएको हो ।
ढोरपाटन नगरपालिकाको समन्वयमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र फेयरमेड फाउन्डेशनको प्राविधिक सहयोगमा ढोरपाटन नगरपालिका अन्तर्गत विभिन्न क्षेत्रमा आवद्ध १ सय ३३ जनाको स्वाव सँकलन भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए । बढी जोखिम हुन सक्ने क्षेत्र व्यबसायी, वित्तिय सँस्था, सरकारी कर्मचारी सँचारकर्मी, जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतको पिसीआर स्वाव सँकलन गरीएको डा. मल्लले बताए । आज सँकलन गरीएको स्वावको रिपोर्ट एक हप्ता भित्र आउने बताइएको छ ।
त्यसैगरी निसीखोला गाउँपालिकामा समेत आज पिसीआर स्वाव सँकलन गरीएको छ । निसीखोला गाउँपालिकामा समेत जनप्रतिनिधी, बैँक तथा वित्तिय सँस्थाका प्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी,सामाजिक कार्यमा सँलग्न व्यक्तिहरु र विदेशबाट आई क्वारेन्टाईमा बस्दै आएका नागरीक गरी ६७ जनाको स्वाव सँकलन गरिएको हो । जसमध्ये महिला ११ जना र अन्य पुरुष रहेका छन् ।
निसीखोला गाउँपालिकाको सहजिकरण , स्वास्थ्य कार्यालय बागलुङको स्वास्थ्य सामागी्र सहयोगमा सँकलन गरीएको स्वाव ल्याब असिस्टेन्ट जमुना केशि, विवाईसीका प्रतिनिधी धनकुमारी मल्ल हमाल र स्वास्थ्य सम्योजक टोप बहादुर चन्दको सहभागितामा सँकलन गरिएको हो । निसीखोला गाउँपालिकामा हाल ३ जनाविदेशबाट आई क्वारेन्टाईनमा बस्दै आएका छन् ।