बागलुङ २०७७ भदौ ३ । जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ नगरपालिका क्षेत्रमा भदौ २ गतेको मध्यराति १२ बजे देखी भदौ ९ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरेपछी बागलुङ बजार सुनसान बनेको छ । पसलहरु बन्द छन् भने साना ठुला सवारी साधनहरु सन्चालनमा छैनन् । मानिसहरुको चहल पहल छैन, फाट्टफुट् एकदुई जना मानिसहरु सडकमा देखिन्छन् । समुदायमा कोरोना संक्रमण फैलिन थालेपछी जिल्ला प्रशासन कार्यालय, बागलुङले एक हप्ता निषेधाज्ञा जारी गरेको हो ।
जारी निषेधाज्ञाको पूर्ण कार्यान्वयनका लागी कत्तिपनि ढील दिन नहुने, निषेधाज्ञाको पालन नगर्ने वा अटेर गर्ने जो भएपनि कार्बाही गरिनु पर्ने, मोलाहिजा राख्न नहुने, एक पटकलाई भन्दै छुट दिने प्रबृत्तीको अन्त्य गरिनु पर्ने नगरवासीको माग रहेको छ । प्रमुख जिल्ला अधिकारी स्वयं अनुगमनमा निस्किएपछी नियम विपरीत गर्नेहरुलाई उन्मुक्ति दिन हुने अवस्था छैन । मास्क नलगाई हिँड्ने सर्वसाधारणलाई जस्तै पसलमा मास्क नलगाई बस्ने व्यापारीहरुलाई पनि जरीवाना गरिनु पर्छ । निषेधाज्ञामा किटान गरिएका निर्देशन बर्खिलाप गर्ने जो कोहि पनि सजायँको भागी हुनु पर्छ । अहिले बजारमा वित्तिय संस्थाहरु दिनमा दुई समय खोल्न नहुने कुरा उठेको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना भए नभएको अनुगमन गरी त्यस्लाई कडाईका साथ पालना गर्न गराउन स्थानीय प्रशासन सख्त रुपमा प्रस्तुत हुनु पर्ने नगरवासीले बताईरहेका छन् ।
2 Comments