Sorry, that menu does not exist.
 

प्रजिअ नेतृत्वको टोलीव्दारा बजार अनुगमन : निषेधाज्ञा उल्लंघन गर्ने १६ सवारी साधनहरु कार्बाहीमा !

बागलुङ २०७७ भदौ ३ । बागलुङ नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी भएपछी पहिलो पटक बागलुङ बजार अनुगमन गरिएको छ । निषेधाज्ञा अनुगमन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको नेतृत्वमा आज बागलुङ नगरपालिकाको १ नम्बर वडा देखी ४ नम्बर वडाका बजार क्षेत्र अनुगमन गरिएको हो ।

जिल्ला सुरक्षा समितिका सदस्यहरु जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरी, उप अनुसन्धान निर्देशक नरेन्द्र राज गिरी, नेपाली सेनाका सेनानी कृष्ण भण्डारी, सशस्त्र प्रहरीका प्रनाउ रमेश गुरुङ, अनुगमन समितिका सदस्य सचिव धिरेन्द्र राज पन्त सहितको टोलीले आज बागलुङ बजारमा सन्चालनमा आएका चार पांग्रे सवारी साधन ४ र स्कूटर मोटरसाईकल १२ गरी १६ सवारी साधनहरुको चावी र लाईसेन्स नियन्त्रणमा लिएर कार्बाही चलाएको छ ।

टोलीले बजारमा खुलेका फलफुल तरकारी, खाद्यान्नका समेतका १० पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा देखिएको कमी कमजोरीलाई तत्काल सुधार गरी पसल सन्चालन गर्न सचत गराईएका.टोलीका सदस्य सचिव पन्तले बताए । अनुगमनका क्रममा बिना मास्क सडकमा निस्केकाहरुलाई मास्कको महत्ववारे जानकारी गराई कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले जारी गरेको भौतिक दुरी आदि स्वास्थ्य सुरक्षाका मापदण्डहरुको अनिर्वार्य रुपमा पालना गर्न आग्रह गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !