Sorry, that menu does not exist.
 

अर्नाकोट खल्बाङको खानेपानी समस्या समाधान !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ भदौ ३ । परापूर्वकालदेखि खानेपानीको चरम समस्या भोग्दै आएका ढोरपाटन नगरपालिका २ अर्नाकोट, खल्बाङ र अर्नाकका जनताले यस बर्षदेखि सहज रुपमा खानेपानीको आपुर्ति गर्न पाउने भएका छन् । बर्षातको समयमा स्थानिय मुहानमा प्रशस्त पानी हुने भएपनी हिँउदको समयमा खानेपानी नभएकै कारण धेरै घरपरिवारले गाउँ छोडेर बसाई सराई गरीसकेका छन् ।

अहिले भने गाउँमा खानोपनी ल्याईपछि स्थानिय बासि खुसिले गदगद बनेका हुन् । नजिकमा ठुलो पानीको मुहान नहुनु र राज्य पक्षबाट समेत स्थानियको माग सुनुवाई नभइरहेको सन्दर्भमा ढोरपाटन नगरपालिका कार्यापालिका बाट आर्थिक बर्ष २०७६/७७ मा विनीयोजित ९० लाख र प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्र्तगत ढोरपाटन नगरपािलकामा प्राप्त ३८ लाख गरी कुल १ करोड २८ लाख लागतमा खानेपानी गाउँ सम्म झारीएको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेलले बताए ।

ढोरपाटन नगरपालिका ९ ढोरपाटन नजिकै रहेको घोसा खोल्सा (पिपल खर्क) देखि २७ किलोमिटर टाढाबाट पाईप मार्फत मँगलबार साँझ अर्नाकोट
बँयचौरमा पानी खसालीएको वडा नं. २ का अध्यक्ष युवराज महतको भनाई छ ।

मुहानदेखि पचास एमएमका दुई पाइप मार्फत पानी ल्याइएको छ जसमध्ये एक पाईप ढोरपाटन ७ घम्पुका ४० घरधुरीका निम्ती र अर्का पाईप वडा नं. २ अर्नाकोटका ८० घरदुरी, खल्बाङका ४० र अर्नाकका ३० गरी १ सय ५० घरधुरीलाई पिउन पुग्ने गरी पानी ल्याइएको वडा अध्यक्ष महतको भनाई छ ।

गाउँमा पानी आएसँगै हिँउदको समयमा गाग्रो बोकेर आधा घण्टा टाढाको मुहानमा पुगेर पालो पर्खनु पर्ने र एक गाग्रो पानिको निम्ती एक बिहानको
समय सक्नुपर्ने बाध्यताको अव अन्त्य हुने भएको छ स्थानिय युवाहरुको पनी पानी ल्याउन सक्दो सहयोग भएको छ अब केहि राहात पुग्ने अपेक्षा रहेको स्थानिय दुर्गा खत्रीको भनाई छ ।

गाउँमा पानी ल्याइएपनी हाल ट्याङकि बनीसकेको छैन् । अव तत्काल १ लाख लिटरको रिर्जभेशन ट्याँकि मार्फत अर्नाकोट, अर्नाक र खल्बाङका जनतालाई पानी पुर्याउने गरी काम हुने वडा अध्यक्ष महतको भनाई छ । वडा नं.२ बाट यस आर्थिक बर्षमा ४० लाख बजेट बिनीयोजन भएका कारण सोहि रकमबाट ट्याँकि निर्माण गरीने र पहिलेनै तयार भएका सार्वजनिक धारणमा जडान गरीने बताइएको छ । खानेपानी निर्माण कार्य शेरमान घर्ति अध्यक्ष रहेको उपभोक्ता समितीले गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !