Sorry, that menu does not exist.
 

महिला मजदुर रुपा भेटालले प्रहरी माथी लगाईन यस्तो डरलाग्दो आरोप !

रामप्रसाद घिमिरे, बागलुङ, २०७७ भदौ ८ । बागलुङ नगरपालिका १४ गैराघर स्थायी घरमै हाल बागलुङ नगरपालिका श्री नगरटोल डेरा गरी मजदुरी गर्दै आएकी रुपा भेटालले आफ्नो १५ वर्षिय छोरा टीकाबहादुर भेटाललाई मरणासन्न हुनेगरी कुटपीट गरी बेहोश बनाई छोडको घटनालाई लिएर मौखिक उजुरी दिई छलफल गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङबाट हामीलाई आफै लडेर यस्तो भएको हो भनी पीडकहरुको मात्र कुरा सुनी हाम्रो कुरा नसुनी जबरजस्ता रु ५०००। उपचार खर्च दिई मिलापत्रमा कागजमा जबरजस्ती सही गराई हामीलाई अपमान पूर्वक जिल्ला प्रहरी कार्यालयबाट निकालिएको हो भन्दै छोरीले ट्याक्सीमा पोखरा लान र ल्याउन मात्रै १४ हजार खर्च लागेको छ उपचारको त कुरै छोडौँ हामीलाई न्याय चाहिएको छ, हाम्रो भाई कुट्नेलाई कार्बाही हुनु पर्छ भन्दा निजलाई समेत थुनी हामीलाई जबरजस्ती कागजमा सही गराई पीडकहरुलाई रु ५०००। तिराई पठाएकोमा हामी अन्यायमा परेका छौँ भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङ उजुरी दिएकी छन् ।

गत बिहिबार बागलुङ नगरपालिका-१२ अमलाचौर स्थायी घर भई बागलुङ बजारमा मझदुरि गर्दै आएका १६ बर्षिय टिका भेटवाललाई ट्याकसी चालक पृथ्वी गन्धर्वले कुटपिट गरि गम्भीर घाईते बनाएको र बागलुङमा उपचार हुन नसकेर पोखरा रिफर गरि मनिपाल हस्पिटलमा उपचार गर्दा झण्डै ३० हजार भन्दा बढि खर्च लागेको बताउँदै पिडितकी आमाले भनिन् ‘छोरालाई कुटेको थाहा पाएपछि उतिबेलै म गएर अस्पताल लगें तर अस्पतालले टाउँकोमा गम्भीर चोट लागेकोले उपचार गर्न नसकिने भनेर पोखरा जान भन्यो, म सँग साथमा एक रुपैयाँ पनि पैसा थिएन बल्लतल्ल ऋण गरेर २० हजार खोजेर पोखरा लगें, उपचार गर्दा ३० हजार भन्दा बढि खर्च लाग्यो, रुँदै उनले थपिन कोरोनाले गर्दा काम गर्न नै पाएको छैन, अब कसरी तिर्ने त्यो ऋण ?’

निज पिडितको उपचार गरेर पोखराबाट आइतबार बागलुङ फर्किएपछि प्रहरी कार्यालय गाएकोमा पिडकबाट ३० हजार बुझाएर मेलमिलाप गर्ने भनेपनि एक प्रहरी अधिकारिले आज यो केस मिल्दैन भोलि आउनुस् भनेर फर्किएका पिडित आज बिहान प्रहरी कार्यालय गएकाेमा छोरो कुट्ने चालकलाई छुटाएर पुरै उपचार खर्च समेत नदिई प्रहरीबाटै अपमानित भएको पीडित पक्षले गुनासो गरेकाछन् ।

प्रहरी निरिक्षक हेमबहादुर केसीले छलफलका लागि गएकी पीडितकी दिदी सदिक्षाको मोबाइल खोसेर तीन घण्टासम्म प्रहरी कार्यालयबाट निस्कन नदिएको आरोपसमेत लागेको छ । प्रहरी निरिक्षक केसीले भने कार्यकक्षमा भिडियो खिचेकोले नखिच्नभन्दा भनाभन भएको बताए ।

निवेदनमा रुपा भेटालले भनेकी छन् पीडकहरुले हामीबाट गल्ती भयो, हामीले सम्पूर्ण उपचार लगायतका खर्चहरु व्यहोर्दछौँ, हामी मिल्दछौ, हामीले के गर्नु पर्छ एकपटकलाई माफ दिनोस भन्द भन्दै छोरीलाई दोषि बनाउन निजहरुलाई संरक्षण गर्ने काम भयो । यसरी बीच बाटोमा छोरालााई मरणासन्न हुनेगरी कुटपीट गर्ने पृथ्वी गन्धर्वलाई पक्राउ गरी अर्को कुटपीट गर्ने व्यक्ति निजबाट पत्ता लगाई निजलाई समेत पक्राउ गरी कानून बमोजिम कार्बाही गर्न र छोरोको उपचारमा लागेको रकम निजहरुबाट भराउन माग गरेकी छन् ।

यस बिषयमा बुझ्दा प्रहरी कार्यालयमा भिडियो खिचेको कारण सामान्य सम्झाएको सुचना अधिकारि राजेन्द्र प्रसाद रेग्मीले बताए ।

प्रहरी बाट न्याय नपाएपछि पिडितले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारि समक्ष न्यायका लागि निवेदन दर्ता गरेकाे रुपाले बताइन् । यस बिषयमा बुझ्दा प्रमुख जिल्ला अधिकारि सुरेश न्यौपानेले आज निवेदन दर्ता भएको छ, भोलि दुवै पक्षलाई राखेर छलफल गराई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रुपा भेटालले जिल्ला प्रशासन समक्ष दिएको उजरी यस्तो छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments