Sorry, that menu does not exist.
 

४ र ७ बर्षका दुई छोरीलाई अलपत्र छोडेर निष्ठुरी आमा बेपत्ता, छोरीहरुको बिचल्ली !

कुमबिर बिश्वकर्मा, निसीखोला २०७७ भदौ ८ । बागलुङ जिल्ला निसीखोला गाउपालिका वडा नम्बर ६ भल्कोट घर भएकी बर्ष २४ की मन्जु बिक भदौ ५ गते राति ९ बजे देखी बेपत्ता छिन । उनका श्रीमान दिलिप बिक रोजगारीको शिलशिलामा बिगत एक बर्ष देखी भारतको पन्जावमा रहेका छन । सो परिवारको दुइ छोरीहरु रहेका छन जेठी छोरीको उमेर ७ बर्षको छ भने कान्छी छोरीको ४ बर्षकेो छ ।

भदौ ५ गते राति दुइ छोरीहरुलाइ सुताएर खाना खाइ सके पछि निस्किएकी उनि सोमबार बिहान बडीगाड गाउ पालिकाको खार भन्ने ठाउँबाट फोन सम्पर्कमा आएकी थिइन र सो दिन आफन्तले घर फर्किन आग्रह गरे पछि उनी फेरी सम्पर्क बिहीन बनेकी छन् ।

उनी बेपत्ता भएको सूचना प्रहरीलाई दिईएको परिवारले जनाएका छन् । विभिन्न ठाउहरुमा रहेका आफन्तहरुलाइ सोधपुछ गरिरहेको उनको श्रीमान दिलिप बिकले बताए । मन्जु बिकले जहाँ भए पनि घर गएर बस्न र नानीहरु संगै बस्न आग्रह समेत गरेका छन । अहिले दुइ छोरीहरु दिनरात आमा भन्दै रोइरहेका छन भने उता श्रीमान घर फर्किने आशामा खोजी गरिरहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

8 Comments