Sorry, that menu does not exist.
 

निषेधाज्ञाको उल्लंघन गर्ने ४० मोटरसाईकल/स्कुटर नियन्त्रणमा

रामप्रसाद घिमिरे, बागलुङ २०७७ भदौ ९ । जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार निषेधाज्ञा उल्लंघन गर्ने ४० वटा मोटरसाईकल तथा स्कुटर नियन्त्रणमा लिएको छ । निषेधाज्ञा अवधीभर नियन्त्रणमा लिइएका सबै सबारी साधनहरुलाई भदौ १७ गते मात्रै छाडिने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद रेग्मीले इबागलुङलाई बताए ।

‘हामीले बजारका विभिन्न ठाउँहरुबाट हिजो मात्रै निषेधाज्ञा उल्लंघन गर्ने ४० वटा मोटरसाइकल तथा स्कुटर नियन्त्रण लिएका छौं, यी सबैलाई १७ गते मात्रै पाँच सय रुपैयाँको दरले जरिवाना काटेर ब्लुवुक र सवारी चालक अनुमतिपत्र देखाएपछि मात्र सम्बन्धित सवारी धनीलाई जिम्मा लागाउँने छौ’ प्रनाउ रेग्मीले भने, ‘कोरोना महामारी फैलिरहेको कुनै प्रवाह नगरि पैदल हिड्नेलाई समेत कारवाहि गरिने’ रेग्मीले बताए ।

बागलुङ नगरपालिका क्षेत्रमा निषधाज्ञा जारी भए पछीपनि सवारी चालकहरुले सरकारको आग्रहको बेवास्ता गर्दै सवारी साधनहरु प्रयोगमा ल्याउदै आएका छन् । निषेधाज्ञा पूर्व जोर बिजोर प्रणालीमा सवारी साधनहरु सन्चालन गर्ने समयमा पनि नियम बिपरीत सन्चालनमा आएका दर्जनौ सवारी साधनहरु कार्बाहीमा परेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment