बागलुङ २०७७ भदौ ९ । बागलुङ नगरपालिकाकी एक महिलालाई आज कोराना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी पोखराले जारी गरेको विज्ञप्ती अनुसार संक्रमित बागलुङ नगरपालिका वडा नं ३ की ५४ वर्षिया महिला हुन् । उनलाई उपचारार्थ धौलागिरी अस्पतालको आईश.सोलेशन केन्द्रमा ल्याईदै गरेको विज्ञप्तीमा उल्लेख छ ।
आज जारी विज्ञप्तीमा मनाङ र पर्वत जिल्लाका दुईदुई जना पुरुषहरुमा पनि संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या २६६ पुगेको छ भने कुल संक्रमितको संख्या १८१३ रहेको छ । उपचार पछी निको हुनेको संख्या १६३९ रहेको छ ।