बुर्तिवाङ २०७७ भदौ ११ । बागलुङ जिल्लाको पश्चिम केन्द्र बुर्तिवाङ बजार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा महिनामा ५० जनाको हाराहारीमा सुत्केरी हुने गरेको तथ्यांकले देखाएको छ । सामान्य देखी जटिल प्रसुती केसहरु समेत शल्यक्रियाव्दारा सम्पन्न गरिदै आएको यस केन्द्रमा प्रसुती सेवामा कार्यरत डा. दिलिप कोजुको कार्यकाल समाप्त भएपछी रोल्पा जिल्ला अस्पतालबाट एएसबीए तालिम प्राप्त डा अनिल केसी काजमा सरुवा भएर आएका छन् । नवागत डा केसीको केन्द्रमा स्वागत गरिएको छ । तालिम प्राप्त स्वास्थ्यकर्मीको उपस्थितिले यस क्षत्रका महिलाहरुलाई सुत्केरी गराउनका लागी थप मद्दत पुग्ने विश्वास गरिएको छ ।
२०७१ सालदेखि Comprehensive Emergency Obstetric and Newborn Care services (CEONC) शुरुभएको यस प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह गरिदै आएको सुत्करी सेवाको निकै प्रशंसा गरिएको छ ।
सम्वन्धित लिंकहरु
पेटमा उल्टो बच्चा लिएर स्वास्थ्य केन्द्रमा आएकी ४१ हप्ते गर्भवती महिलाको डाक्टरव्दारा उद्धार !