Sorry, that menu does not exist.
 

बागलुङमा एक प्रहरी सहित ८ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ २०७७ भदौ ११ । बागलुङ नगरपालिकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा एक जना प्रहरी रहेका छन भने अर्का एक जना भारतबाट आएका हुन् । बाँकी ६ जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्ग्य निर्देशानलय गण्डकी पोखराले जारी गरेको प्रस विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती अनुसार संक्रमण पुष्टि भएकाहरुमा बागलुङ नगरपालिका १ का २१ र ३५ वर्षका २ जना पुरुष, वडा नं ३ का १ वर्षकी बालिका सहित वर्ष १९ र २७ का २ जना महिला, वडा नं ६ का ३१ वर्षिय पुरुष, वडा नं ८ का वर्ष २४ का १ जना पुरुष र वडा नं १० का २८ वर्षिय पुरुष रहेका छन् । बागलुङ नगरपालिकाका स्वास्थ्य प्रमुख रामप्रसाद खनालले दिएको जानकारी अनुसार स्वास्थ्य निर्देशनालय पोखराव्दारा जारी विज्ञप्तीमा बागलुङ नगरपालिका उल्लेख भएपनि संक्रमित ८ जना मध्य दुई जना पुरुष काठेखोला गाउपालिका बिहँुका रहेको खुलेको छ ।

यसैगरी पर्वत जिल्ला जलजला गाउपालिका ४ का ३४ वषिय एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

लमजुङ, तनहुँ र नवलपरासी समेत आज थपिएका कोरोना संक्रमितहरु समेत गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या १९७७ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६६५ (निको हुने दर ८४.२१ %) रहेको छ |

 

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment