राम प्रसाद घिमिरे, बागलुङ २०७७ भदौ १४ । प्रत्येक बर्षको ३० अगस्टमा मनाउने अन्तरास्ट्रिय वेपत्ता दिवस यस वर्ष बागलुङमा पनि दीप प्रज्वलन गरि वेपत्ता नागरिकको स्मरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, बागलुङ जिल्ला शाखाको आयोजनामा उक्त कार्यक्रम गरि स्मरण गरेको हो ।
सशस्त्र द्वन्द समयमा वेपत्ता भएका नागरिकहरूका परिवारबाट हाल सम्म आयोगमा करिव २ हजार ९ सय उजुरि दर्ता भएपनि सरकारले कुनै सम्बोधन नगर्दा वेपत्ता नागरिकका परिवारहरु भावबेहाल अवस्थामा बस्न बाध्य छन ।
नेपाल सरकारले २०७१ सालमा सशस्त्र द्वन्द को समयमा २०५२ देखि २०६३ साल सम्म राज्य र बिद्रोहि पक्षबाट वेपत्ता परिएका नागरिकहरु खोजतलास एवं न्यायका लागि वेपत्ता आयोग गठन गरेपनि हाल सम्म सम्बोधन नहुँदा राज्य भएको महसुस गर्न नसकेको न्यायको लागि द्वन्द्वपिडित समाजका केन्द्रीय उपाध्यक्ष बद्री बहादुर केसिले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला वकालत मञ्चका संयोजक राम शर्माले वेपत्ता परिएका नागरिकहरुका परिवारको पिडामा सरकार मुकदर्शक बन्नु दुखद भएको बताउँदै शर्माले भने “आफ्नो परिवारबाट एकछिन छुटिँएर भनेको समयमा घर नफर्किदाँ कति छटपटि हुन्छ, तर वेपत्ता परिएका नागरिक बर्षौं घर नफर्किँदा कस्तो भयको होला, एकपटक आफु तर्फ फर्केर हेरौं” ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सभापति जब्बर बहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शाखाका मन्त्री बिकाश पौडेलले गरेका थिए ।