Sorry, that menu does not exist.
 

लुकीछिपी पर्वत जिल्ला प्रवेश गर्नेलाई एक हप्ता क्वारेन्टाइन !

पर्वत २०७७ भदौ १५ । पर्वत जिल्लामा अन्य जिल्लाहरुबाट आउने मानिसहरुको आवत जावतलाई नियन्त्रण नगर्ने हो भने यस जिल्लामा पनि संक्रमण फैलिन सक्ने संभावना रहेको र समय समयमा मानिसहरुको आवत जावतलाई नियन्त्रण गर्दा कोविड-१९ को संक्रमण बढन नदिन सहयोग पुग्ने चिकित्सकहरुको भनाई समेतलाई दृष्टिगत गरी जिल्ला संकट व्यवस्थापन समन्वय समिति (DCCMC)पर्वतले आज भदौ १५ गते राति १२ बजे देखी लागु हुने गरी विभिन्न निर्णयहरु गरेको छ ।
यो लिंकपनि पढौँ
पर्वतमा मानव अधिकार संगठनवाटै नियमको उल्लंघन
पर्वत जिल्ला प्रवेश गर्ने नाकाहरुमा सवारी चेकजाँच कडा गर्ने, जिल्लामा भाडाका सबै सवारी साधनहरु हाल एक हप्तालाई सन्चालनमा रोक लगाउने,अन्य जिल्लाबाट पर्वत जिल्लामा लुकिछिपी आउने वा विना अनुमति आएको पाईएमा एक हप्ता क्वारेन्टाईनमा बस्नुपर्ने, बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुलाई घर घरमा जान हाललाई रोक्ने आदि निर्णय गरेको आज जिल्ला प्रशासन कार्यालय पर्वतले जारी गरेको जरुरी सूचनामा उल्लेख छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !