Sorry, that menu does not exist.
 

बडीगाडमा अबैध ढुंगा गिट्टी उत्खनन् गर्ने स्काभेटर नियन्त्रमा !

कमल पौडेल, खर्वाङ (बागलुङ) २०७७ भदौ १६ । अबैध रुपमा बडीगाड खोलामा उत्खनन् गर्दै गरेको अवस्थमा बडीगाड ७, भिमगिठे नजिकै कालीरहबाट एक स्काभेटर सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बडीगाड खोलाको बगरमा अवैध गिटि बालुवा उत्खनन् भैरहेको सुचनाका आधारमा स्थलगत रुपमा अनुगमन गर्दा भेटिएको हुण्डाई कम्पनीको २ सय २० सीसीको स्काभेटर सहित उत्खनन् गर्ने २ जनालाई नियन्त्रणमा लिई मंगलवार विहान पुनः प्रहरी कार्यालय आउने गरि छोडिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिए ।

विगत केहि महिना देखि स्थानिय छली विक र गया विकको करिव ३ रोपनी जग्गा भाडामा लिई निसीखोला ७ का सुनिल कुँवर र रेशम पुनले सोहि स्थानमा अबैध गिट्टि, बालुवा उत्खनन् गर्दै आएका थिए । गत जेठ ३० गते विक परिवार संग सम्झौता गरि जग्गा भाडामा लिएका सुनिल र रेशमले वडा कार्यालयबाट अनुमति समेत लिएको देखिएको छ । यद्यपी वडा कार्यालयबाट दिइएको अनुमतिमा गाउँपालिकाको निति नियम र नेपालको कानुन बमोजिम यदि कुनै प्राविधिक तथा कानुनी जटिलता उत्पन्न भएमा सवै पक्ष वसी समन्वय गर्ने र गाउँपालिकाको निर्णय नै सर्वमान्य हुने लेखिएको छ ।

उता बडीगाड गाउँपालिकाले अहिलेको समयमा कसैलाइ पनि नदीजन्य पदार्थ उत्खनन् गर्न अनुमति नदिइएको जनाएको छ। वडाले दिएको सिफरिसमा आफुहरु अनविज्ञ रहेको प्रशासकीय अधिकृत थम्मन रेश्मीले बताए ।

गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले कानुनलेनै बर्जित गरेको विषय आफुहरुले अनमति दिने भन्ने विषय नै नभएको र अबैध कार्य जो कोहि भएपनि कानुनी दायरामा आउनुपर्ने बताए ।

गण्डकी प्रदेश सरकारले ढुङ्गा, गिट्टि, बालुवा उत्खनन, संकलन, क्रसिङ र विक्रि वितरण तथा क्रसर स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ मा असार १ गते देखि भाद्र १५ भित्र कुनै पनि नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने कानुनी व्यवस्था गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !