बागलुङ २०७७ भदौ १६ । बागलुङ नगरपालिकामा जारी निषेधाज्ञा भोलि भदौ १७ गते राति १२ बजे सम्मका लागी थप गरिएको छ । बागलुङ नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएकोले यसको नियन्त्रण रोकथामका लागी स्थानीय प्रशासनले यस अघी नगरपालिका क्षेत्रमा हिँजो भदौ १५ गते मध्य राति १२ बजे सम्मका लागी निषेधाज्ञा लागु गरिएको थियो ।
जिल्ला कोविड संकट व्यवस्थापन समन्वय केन्द्रको हिँजो भदौ १५ गते बसेको बैठकले सिफारिस गरे बमोजिम दुई दिन निषेधाज्ञा थप गरिएको प्रशासन श्रोतले बतायो ।
जिल्ला प्रशासन कार्यालय बागलुङबाट निषेधाज्ञा थप सम्वन्धी जारी आदेश