टिकाराम भट्टराई, बुर्तिबाङ २०७७ भदौ १८ । ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीमा परेर आश्रय स्थल गुमाएका पीडितहरुको लागी सहयोग प्राप्त भएको छ ।
बाढीमा परि बेपत्ता हुनेको संख्या बढिरहेको समयमा घटनाका पीडितहरुलाई राहत स्वरुप ४० थान त्रिपाल, ५० सेट फास्टफुड, ४० थान खाना पकाउने नाल्चा, २५ थान तत्काल प्राथमिक उपचारका लागी फस्टएड बक्स ताराखोला गाउँपालिकाले ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
स्थानिय तह अन्तरगत पहिलो पटक ढोरपाटनका बाढी पीडितहरुको लागी ताराखोला गाउँपालिका मार्फत सहयोग आएको ढोरपाटन नगरपलिकाकी उप प्रमुख करमती पुनले जानाकारी दिईन । छिमेकी पालिकामा घटेको यस दुखत घटनाले ताराखोला गाउँपालिकालाई मर्माहत तुल्याएको जनाउँदै ताराखोला गाउँपालिकाका प्रमुख प्रकाश घर्तिमगरले गाउँपालिकाको तर्फबाट केहि सानो सहयोग प्रदान गरेको बताए । बिहान सात बजे मात्र घटनाको बारेमा जानाकारी पाए लगत्तै राहत सामाग्री जुटाई दिउँसो नै ढोरपाटन नगरपालिकामा आई नगर उपप्रमुख पुनलाई प्रदान गरिएको घर्तिले बताए ।
ढोरपाटन नगरपलिकाकी उप प्रमुख पुन, प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल, केहि जनप्रतिनिधि,पत्रकारको रहोबरमा राहत प्रदान गरिएको हो । राहत सामाग्री ग्रहण गदैँ उपप्रमुख पुनले घटनाका पिडितहरुको तथ्याङ सङ्कलन प्रश्चात भोली नै पीडितहरुलाई प्रदान गरिने जनाउदैँ सहयोगको निम्ति ताराखोला गाउँपलिकालाई धन्यवाद दिएकी थिईन । बेपत्ताहरुको खोजीकार्य जारी रहेको र पिडितहरुको यकिङ तथ्याङ सङ्कलन गरि पारदर्शी तरिकाले राहत बितरण गरिने प्रमुख प्रशासकिय अधिकृत पोखरेलले बताए ।
ताराखोला गाउँपालिका प्रमुख प्रकाश घर्तिमगरको संयोजकत्वमा स्वास्थ्य शाखा प्रमुख दिपक खड्का, पशु शाखा प्रमुख चिन्तामणि शर्मा,सव ईन्जिनियर खिम बहादुर ओली लगायतको टोली बेपत्ताहरुको खोजी कार्यमा केहि सहयोग गर्नको निम्ति आज नै बोबाङ तर्फ हिडेको समेत जनाईएको छ ।
One Comment