Sorry, that menu does not exist.
 

बागलुङका एक सहित गण्डकी प्रदेशका ४० जना संक्रमित !

सोम शर्मा, बागलुङ २०७७ भदौ १९ । स्वास्थ्य निर्देशनालय गण्डकी पोखराव्दारा आज विहान जारी अध्यावधिक विवरण अनुसार ताराखोला गाउपालिका ३ का एक जना ४२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनिसँगै गण्डकी प्रदेशमा ४० जनामा संक्रमण देखिएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३५२ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४० जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ ।

स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा दुबैजना महिला Pay Clinic मा परिक्षण गर्न आएको र कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ का ७ जना नेपाल प्रहरीमा कार्यरत छन् भने अन्य सबै व्यक्तिहरु Contact Tracing बाट पहिचान भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment