छविलाल पाण्डे, बुर्तिवाङ २०७७ भदौ १९ । ढोरपाटन नगरपालिका वडा नं.७, ८ र ९ को विभिन्न स्थानमा बुधबार रातिको बाढीका कारण ७५ घर पूर्ण रुपले बगाएको छ । दुई दर्जन बढी घरहरु बस्न नमिल्ने अवस्थामा बाढीको जोखिममा छन् भने पछिल्लो तथ्याँक अनुसार ३८ जना बाढीले वगाएर बेपत्ता बनेका मध्य हालसम्म १३ जनाको शव फेला परेको छ । उनिहरु मध्ये ४ जनाको मात्रै सनाखत हुन सकेको छ । बुधबार रातको १० बजेतिर खाना खाएर सुतिरहेका ढोरपाटन नगरपालिका ७, ८ र ९ को लाँकुरीबोट, सुकुरदुम, दुरापँधेरा, घट्टबोट, भुसुन्डे, र सुप्राङ गाउँका बस्तीहरु मस्त सुतिरहेको अवस्थामा राति १२ बजेतिर अचानक आएको बाढीले तहस नहस बनायो ।
कतिलेत हाम फालेर बाढीमा तैरिएर ज्यान जोगाए तर आफु बच्ने प्रयास गर्दा गर्दै र परिवारका सदस्यलाई बचाउँदा बचाउँदै उग्ररुप लिएको बाढीले ३८ जनालाई बगायो । आमा सँगै घरमा बसिरहेकी हाल घाईते अवस्थामा रहेकी १८ बर्षिया सन्जिता घर्ती भन्छिन आमा र म सँगै थियौँ अचानक बाढी आएपछि हामी भाग्ने प्रयास गर्यौँ करिब १० मिटर तल पुग्दा सम्म आमा छोरी सँगै रहेपनी आमालाई बाढीले कता लग्यो पत्तै पाईन म भने ठुलो ढुँगा रहेछ त्यसैमा समातेर बाँच्न सफल भएँ । शरीर भरी चौटै चोट दखाउँदै आफनी आमा गुमाउँदाको पीडा सुनाउनलाई उनलाई त्यति सजिलो थिएन ।
आफनो शरीरमा भएको चोट भन्दा बढी पिडा सन्जितालाई आमा गुुमाउनुको थियो । घरी घरी आमा सम्झँदै रुँदै गरेकी सन्जिता जस्तै २२ बर्षिया श्रीमती दिलमाया पुन र ६ बर्षकी छोरी प्रकृति पुनलाई गुमाएका दर्शन पुनलाई उत्तिकै पीडा छ । उनी भन्छन रीमा सबै सुतेका थियौँ अचानक बाढी आएपछि सबै भागौँ भागौँ भनियो बाढि घरभित्र पसिहाल्यो म डुवानमा परेपनी कसरी तैरियँ थाहै भएन तर घर सहित आफनो श्रीमती र छोरी सहित पसलमा रहेका सबै सामान बगाउँदा दर्शनलाई अहिले सोँच्न नसक्ने पीडा छ ।
कतै भेट्टिएका शव मध्य आफनै श्रीमती र छोरीको हो कि भन्दै उहाँ शव भएको ठाउँमा पुग्नु हुन्छ । जिउँदो भेट्टिने आशा त हरायो शव सम्म भएपनी पाउन पाय हुन्थ्यो भन्ने दर्शनको मनमा आशा छ । बाढीले सबैलाई यसैगरी झुक्यायो एकै पटक सानो खोला घरभित्र बाढीको रुपमा पस्दा सबैलाई आफु र आफना परिवार बचाउनै मुस्किल भयो ।
यता घट्टबोटका ३८ बर्षिय करबहादुर विकको परिवार समेत ८ जनाको परिवार सहित बाढीमा वेपत्ता बन्नु पर्यो विक सँगै ३२ बर्षिय श्रीमती हस्तमा विक, ९ बर्षिय छोरा मदन विकलाई बाढीले बगाएर वेपत्ता बनाएको हो । उनका १७ र ९ बर्षिया छोरी भने ढोरपाटन रहेका कारण बाच्न सफल भएका छन् । करबहादुरकै भाई ३२ बर्षिय हेम बहादुर बिकको पनी एकै घरबाट बाढीले वगायो हेम सँगै उनकी २८ बर्षिय श्रीमती उजेली बिक, १० बर्षिय छोरा डल्ले विक, ७ बर्षिय छोरी कलि विक, र ६ बर्षिय छोरा फोस्टे विकपनी बाबा आमा सँगै बाढीले बगायो ।
उनको परिवारमा एक १२ बर्षिय महेश विकको मात्र ज्यान जोगियो त्यो पनी ढोरपाटनमा रहेका कारण यस्तो पीडा धेरै परिवारमा छ जो परिवारनै बाढीमा बग्न बाध्य बने । ५० बर्षिय छन बहादुर बिक भन्छन्, मेरा बहिनी ज्वाईँ भान्जा भान्जीलाई बगायो मेरी बुहारीलाई समेत बगायो यस्तो विपत्तीले आफु र आफना धेरै आफन्तको परिवारनै रित्यायो त बाँच्न सफल भएका साना बच्चा बच्चीको विचल्ली भयो । यो घटना परिवार गुमाउनेको देखि जनतन अहिलेसम्म दुख गरेर जोडेको घर, सम्पत्ती गुमाउनेको पनी उत्तिकै छ ।
बाढीले एकै रातमा ३८ जनालाई बगाएको थियो । जसमध्ये हालसम्म १३ जनाको विभिन्न स्थानमा गरी शव भेटिएको छ । उनिहरु मध्ये जम्मा ४ जनाको पहिचान भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीले बताए । पहिचान भएका मध्ये ढोरपाटन ९ का २६ बर्षिय जिवन बिक, ४६ बर्षिय कर बहादुर बि.क, ११ बर्षिय डल्ले वि.क. र २६ बर्षिया केशमाया बि.क को शव पहिचान भएको हो । अन्य हराइरहेका हरुको खोजी कार्य जारी रहेको छ ।
बाढीले बगाएर बेपत्ता भएकाहरुको नामावली यसप्रकार छ ।
२२ बर्षिय जिवन बि.क, २४ बर्षिय नारायण वि.क. निजकी श्रीमती २२ बर्षिय टेकमाया वि.क नारायण बि.क की १ बर्षिय छोरी , १६ बर्षिय मनिषा वि.क. ,२८ बर्षिय सनि वि.क., शनि विककै ९ बर्षिय छोरा रोशन विक, ६ बर्षिय रवि वि.क, र १५ दिनको बच्चालाई समेत बाढिले बगाएको छ । घट्टे खोलामै २६ बर्षिय मनकुमारी वि.क.२६ बर्षिय केशमाया वि.क., २५ बर्षिय प्रेम पुन, २२ बर्षिय कुमारी वि.क.र १५ बर्षिय समुन्द्र वि.क बेपत्ता बनेका हुन् ।
त्यसैगरी ढोरपाटन नगरपालिका ९ भकुन्डे स्थित १२ बर्षिय पुनम वि.क.३० बर्षिय जित बहादुर घर्ति, ४४ बर्षिय राजु घर्ति, ३६ बर्षिय कर्मती बुढा, ३५ बर्षि रिना कुमारी घर्ति, २२ बर्षिय दिलमाया पुन, दिलमायाकै ४ बर्षिय छोरी प्रकृर्ति पुन, ६० बर्षिय डोटी पुन, सानोकुँगु बस्ने ३६ बर्षिय हेमबहादुर वि.क.,३५ बर्षिय उजेली वि.क., निजकै छोरा ८ बर्षिय दलु वि.क.र एक १० महिनाको छोराको ज्यान गएको हो । ४२ बर्षिय करबहादुर वि.क., निकजै श्रीमती ३८ बर्षिय हस्तमाया वि.कको ज्यान गएको हो । ढोरपाटन नगरपालिका ९ कै दुनेपँधेरा स्थित ६० बर्षिय तुलमती घर्ति, ५६ बर्षिय कैशला पुन, निको छोरा २२ बर्षिय विशाल पुन, २६ बर्षिय धनमाया वि.क. र निजका एक ३ बर्षिय छोरालाई बाढीले बगाएको छ ।
सुप्राङ स्थित विरे विक सहित निजकी श्रीमती र दुई छोरा छोरी सहित एकै परिवारका चार जना वेपत्ता बनेका छन् । त्यसैगरी गल्कोट नगरपालिका ४ का २१ बर्षिय नविन भण्डारीको समेत ढोरपाटन जानेक्रममा लाँकुरीबोट बास बसेको अवस्थामा बाढीले बगाएको हो ।
बाढी पहिरोमा वेपत्ता बनेकाको परिवार देखि घर वगाएको र उच्च जोखिममा रहेकाहरुको अहिले निकै समस्या छ । खान बस्न समस्या छ अब घर कहाँ बनाउने, कसरी बनाउने निकै पीडा र चुनौति छन् यस्तो दुखको घडीमा राज्य पक्षले त राहात उपलब्ध गराउला नै तर हामी सबैले हातेमालो गरेर सक्दो सहयोग गरौँ ।