बुर्तिवाङ २०७७ भदौ १९ । हिँजो खराब मौसमका कारण ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ भूजीखोलामा आएको बाढी पहिरोले पुराएको क्षतीका निरीक्षण अवलोकन नगरी काठमाडौ फर्किएका गृह मन्त्री रामबहादुर थापाले आज बाढीग्रस्त क्षेत्रको निरीक्षण अवलोकन गरेका छन् । मन्त्री थापा राहत सामाग्री सहित हेलिकप्टरमा बाढीग्रस्त क्षेत्रको निरीक्षण गरी राजधानी फकिएका हुन । गृहमन्त्री थापा संग सांसद देवेन्द्र पौडेल पनि साथै बाढीग्रस्त क्षेत्रमा आएका थिए ।
निरीक्षण अवलोकनका क्रममा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली तथ प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने पनि साथमै रहेका थिए । यसैवीच भोलि बाढीग्रस्त क्षेत्रको निरीक्षण अवलोकनका लागी गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ आउने श्रोतले बताएको छ ।
ढोरपाटन नगरपालिकाले अस्ति राति आएको बाढी पहिरोबाट पुगेको क्षेतीको विवरण प्रकाशित गरेको छ । विवरण अनुसार १४ जनाको मृत्यु भएको र २४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
बाढी पहिरोबाट पूर्ण क्षेती भएको घर संख्या ८०, आंशिक क्षेती भएका घरको संख्या ५१, क्षेती भएका जलविद्युत आयोजना ११, स्वास्थ्य ईकाई १, झोलुंगे पुल ११, ढलान पुल ५, काठेपुल १० विद्यालय २ रहेको नगरपालिकाले जनाएको छ ।
गृहमन्त्री थापाव्दारा बाढीग्रस्त क्षेत्रको अवलोकन ! ढोरपाटनमा बाढीको कहर : १४ जनाको मृत्यु २४ जना बेपत्ता करोडौँको भौतिक संरचना नष्ट !
२०७७ भाद्र १९, शुक्रबार १९:४०
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ असार २४, बिहीबार ०९:०६
५ दिन देखी तमानखोला बुर्तिबाङ सडक अवरुद्ध
२०७८ असार १२, शनिबार ०९:२०