Sorry, that menu does not exist.
 

पितृको सम्झनामा गौशालामा पोखरी निमार्ण गरिदिने उदघोस

कृष्णप्रसाद सापकोट बागलुङ २०७७ भदौ २२ । बागलुङ नगरपालिका ५ मा रहेको गण्डकी गोपाल गौशालामा स्थानिय समाजसेवीले पोखरी निमार्ण गरिदिने भएका छन । बा.न.पा. ६ भान्सा निवासी देवि प्रसाद आचार्यले आफ्ना पितृको सम्झनामा गौशालामा पोखरी (डुड) निमार्ण गरिदिने भएका हुन ।

यहा रहेका गाईहरुलार्य छुट्टनछुट्टै पानी खुवाउन गौसेवकलाई असहज हुने भएकाले आफ्ना पितृको सम्झनामा पोखरी निमार्ण गर्न लागेको आचार्यले बताए ।
करिव १लाख ५० हजार लागत अनुमान रहेको पोखरी ४५ फिट लम्वाई, २फिट उचाई र २ फिट चौडाई रहने छ । सोमबार पोखरीको शिलन्यास गर्दै आचार्यले पोखरी निमार्णमा लाग्ने सवै खर्च सवै आफुलेनै व्यहोर्ने बताएका हुन । निमार्ण कर्ता आचार्यले यस अधि करिव १ लाख बराबरको सोलार प्यानल र पानी ट्याङकी सहयोग गरेका थिए ।
शिलन्यास समारोहमा बा.न.पा. ५का वडा अध्यक्ष शिव प्रसाद सापकोटा र गौशालाका अध्यक्ष कृष्ण आचार्यले निमार्ण कर्ता आचार्यलाई धन्यबाद ज्ञापनका साथै गौ संरक्षणको लागी सवै क्षेत्र बाट सहयोग रहनु पर्ने बताएका थिए ।

सोहि समारोहमा बानपा ५ निवासी ददि सापकोटाले आफ्नो ८ रोपनी क्षेत्रफलमा रहेको खरवारीको घाँस गौशाला लाई उपलब्ध गराउने घोषण गरेका छन ।
स्वामी कमलनयनाचार्यको प्रमुख संरक्षणत्वमा स्थापित गौशालामा अहिले २८ बटा गाई बाच्छाहरु रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment