बागलुङ २०७७ भदौ २२ । बागलुङ सदरमुकाम स्थित सरकारी कार्यालयका भवनहरुमा दीपावली एवं हातामा सरसफाई गरी सत्रौँ निजामती सेवा दिवस मनाईएको छ ।
यस वर्ष कार्यालयहरुमा पहिलो दिन दीपावली र दोश्रो दिन कार्यालय परिसरको सरसफाई एवं बृक्षारोपण गरी निजामती सेवा दिवस मनाईएको हो ।
निजामती सेवा दिवसका मुख्य दिन आज जिल्ला प्रशासन कार्यालय बागलुङमा आउने पहिलो सेवाग्राहीहरु सन्जिता थापामगर र पुष्पा कार्कीलाई प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले खादा अविर लगाई स्वागत गदैँ नागरिकताको प्रमाण पत्र र राहदानी प्रदान गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित एक कार्यक्रममा वीच विगत २१ वर्ष देखी कार्यरत कार्यालय सहयोगी सरस्वती कुमारी श्रेष्ठलाई निजामती सेवा पुरस्कारबाट सम्मानित गरेका थिए । सो कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले निजामती सेवा पुरस्कारबाट कार्यालय सहयोगी श्रेष्ठ पुरस्कृत भएको जिल्ला प्रशासन कार्याल बागलुङ नै सम्मानित भएको अनुभूति मिलेको बताए ।
उनले राष्ट्रसेवक कर्मचारीहरुले कार्यालयमा काम विशेषले आउने सेवाग्राहीहरुको उच्च सम्मानकासाथ सेवा प्रवाह गर्न निर्देशन समेत दिए ।
प्रमुख जिल्ला अधिकारी न्यौपानेले कार्यालय परिसर बृक्षारोपण एवं सरसफाई कार्यक्रमको प्रारम्भ गरी निजामती सेवा दिवसको शुभारम्भ गरेको जिल्ला प्रशासन कार्यालका नासु तेजराज गौतमले ईबागलुङलाई जानकारी दिए ।
यसरी मनाईयो यस वर्षको निजामती सेवा दिवस !
२०७७ भाद्र २२, सोमबार १६:३५
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०