Sorry, that menu does not exist.
 

ढोरपाटनका बाढी पीडितलाई नेकपा गल्कोटव्दारा रु ३ लाख बढी राहत संकलन

अनिष पाठक, गल्कोट २०७७ भदौ २३ । ढोरपाटनका बाढी पहिरो पीडितका लागि गल्कोटमा नेपाल कम्युनिस्ट पार्टि (नेकपा) ले राहत संकलन अभियान शुरु गरेको छ । नेकपा बागलुङ जिल्ला कमिटि र गलकोट नगर कमिटिको निर्णय अनसार पालिकाका ११ वटै वडामा राहत संकलन गरिरहेको नगर कमिटि सचिव डम्बर बहादुर श्रीसले जानकारी दिए । नगर कमिटि सचिवालय सदस्य नर बहादर घर्तिले दिएको जानकारी अनुशार पालिकाभर सोमबार सम्म कुल ३ लाख १६ हजार रकम जम्मा हुदाँ पालिका भर अभियान समेत जारी छ ।

जस अनुशार वडा नं. २ नरेठाटीमा १ लाख १० हजार, वडा नं. ५ हरिचौरमा ६० हजार, ७ नंं. वडा मल्ममा ३८ हजार, वडा नं. ८ काडेबासमा २० हजार, पाडबखानी वडा नं. १० मा १३ हजार र वडा नं. ११ रिघामा ७५ हजार गरि कुल ३ लाख १६ हजार संकलन भएको घर्तिले जनाकारी दिए ।

नगर कमिटि सचिव डम्बर बाहादुर श्रीसले दिएको जनकारी अुनशार प्रत्यक वडामा नेकपाका वडा कमिटिका पधाधिकारीहरुको सहजिकरणमा अभियान शुरु चलिरहेको छ । संकलित रकम प्रत्येक वडाबाट नगर कमिटिमा रकम जम्मा गरिने र ढोरपाटन नगरपालिकामा पुगेर प्रदान गरिने छ ।

गत भदौं १७ गते बुधबार राति गएको उक्त बाढीमा सोमबार सम्म मृत्युहुँनेको संख्या १७ पुगेको छ भने बाढीमा अझै २१ वेपत्ता रहेका छन । उक्त घटनापछि विभिन्न संघ संस्थाले सहयोग गरिरहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !