छविलाल पाण्डे, बुर्तिवाङ २०७७ भदौ २३ । कायत समाज बोबाङव्दारा बाढी पीडितहरुलाई राहत हस्तान्त्रण गरेको छ । गत बुधबार बाढीका कारण ज्यान गुमाएका तथा धनजनको क्षेति भएका परिवारका लागि राहात हस्तान्त्रण गरीएको हो । बाढीका कारण वेपत्ता तथा मृतकका २१ परिवारलाई प्रति परिवार पाँच हजारका दरले १ लाख पाँच हजार र पूर्ण घरबार विहीन बनेका ७५ परिवारलाई प्रति परिवार दुई हजारका दरले १ लाख पचास हजार गरी कुल २ लाख ५५ हजार रुपैयाँ हस्तान्त्रण गरिएको छ ।
राहत हस्तान्त्रण कार्यक्रममा कायत परिवारको तर्फदेखि कल्याण कायतको संयोजकत्वमा कायत समाजका अध्यक्ष निमबहादुर कायत, सचिव रकम कायत, कोषाध्यक्ष श्यामकुमारी कायत सदस्य तारजँग कायत, हर्कबहादुर कायत, विश्वास कायत लगाएतको टोलीले पीडित परिवारलाई तत्कालको खान बस्न तथा अति महत्वपूर्ण समस्या समाधानका निम्ती राहात हस्तान्त्रण गरिएको कल्याण कायतले ईबागलुङलाई बताए । आफ्नै गाउँठाँउमा भएको दुखद घटनाले आफुहरुलाई समेत निकै दुखी बनाएको र विपतमा परेका नागरीकलाई तत्कालको लागि खान बस्नमा समेत समस्या भएपछि आफुहरुले समाजको तर्फदेखि रकम सँकलन गरेर हस्तान्त्रण गरीएको सँस्थाका अध्यक्ष निमबहादुर कायतको भनाई छ । बागलुङ जिल्ला स्थित ढोरपाटन नगरपालिका बोबाङमा बस्दै आएका कायत समुदायले दुख, पिडामा परेका नागरीकलाई सक्दो सहयोग गर्दे आइरहेको जनाइएको छ ।
कायत समाज बोबाङव्दारा बाढी पीडितलाई २ लाख ५५ हजार नगद सहयोग हस्तान्त्रण !
२०७७ भाद्र २३, मंगलवार १५:२०
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ असार २४, बिहीबार ०९:०६
५ दिन देखी तमानखोला बुर्तिबाङ सडक अवरुद्ध
२०७८ असार १२, शनिबार ०९:२०