छविलाल पाण्डे, बुर्तिवाङ २०७७ भदौ २३ । केयर नेपालको सहयोगमा नेपाल गाजा डेभलमेन्ट फाउन्डेशन द्धारा बाढी पीडितका लागि १ लाख ६६ हजार ३ सय ९० रुपैयाँ मुल्य बराबरको राहात सामाग्रि हस्तान्त्रण गरीएको छ ।
सँस्थाको तर्फदेखि कार्यकारी निर्दशक प्रमानन्द कँडेलको उपस्थितीमा चामल, नुन, तेल, थाल , कचौरा लगाएतका सामाग्रि नगरपालिका कार्यालयमा हस्तान्त्रण गरीएको थियो ।
कार्यक्रममा गाजा डेभलमेन्ट फाउन्डेशनका कार्यकारी निर्दशक प्रमानन्द कँडेलले बोल्दै आफुहरुले लामो समयदेखि विपदमा परेका नागरीक, गरीव समुदाय र दुर्गम बस्तिमा विकास र सहयोग एवमा साझेदारी गर्दे आइरहेको बताउँदै यसपटक पनी यस्तो दुखड घटनामा पीडितलाई थोरै भएपनी मलहम लगाउने उदेश्यले राहात हस्तान्त्रण गरीएको बताए ।
कार्यक्रममा सँस्थाको तर्फदेखि फिल्ड सम्योजक रणबहादुर सारु मगर, फिल्ड सुपरभाईजर मिना थापा र सोनम पुन, माया छन्तयाल लगाएतको सहभागिता रहेको थियो । राहात सामाग्रि नगरपालिका उपप्रमुख कर्मती पुनलाई हस्तान्त्रण गरीएको हो ।