Sorry, that menu does not exist.
 

तमानखोला गाउपालिका असोज २ गते सम्म सील

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ भदौ २४ । तमानखोला गाउँपालिकाले आगामि असोज २ गतेसम्मका लागि पुन: पालिका शिल गर्ने निर्णय गरेको छ । आज पालिकामा ९ कोरोना सँक्रमित थपिएसँगै समुदाय स्तरमा कोरोना फैलिएको र त्यसले थप जोखिम बढाउने भन्दै कार्यपालिकाको निर्णय अनुसार सँक्रमित सबैलाई पालिकाले वनाएको क्वारेन्टाईनमा राख्ने र कुनै सिम्टम देखिएपछि मात्र धवलागिरी अञ्चल अस्पतालको आइसोलशनमा लैजाने निर्णय भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । समुदायस्तरमा कोरोना फैलिएको सकेको अवस्था छ । हालसम्म ३ जना स्वास्थ्यकर्मी, एकजना बैँकका गार्ड सहित अन्य ५ जनामा कोरोना सँक्रमण देखिएको हो । सँक्रमितलाई हाल जनजागृति माध्यमिक विद्यालय बोङगादोभानमा बनाइएको क्वारेन्टाईनमा राख्ने निर्णय भएको छ ।

उनिहरुको कन्ट्रयाक ट्रेसिङ गरेर मात्र समुदायमा कोरोना परिक्षण गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष बुढाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !