रामप्रसाद घिमिरे, बागलुङ २०७७ भदौ २४ । बागलुङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, पत्रकार लगाएत दर्जनौं नागरिकहरुको चरित्र हत्या गर्ने, सामाजिक अफवाह फैल्याउने कार्य गरेको आरोपमा बागलुङ नगरपालिका ४ कुडुलेका चन्द्रकान्त पौडेललाई ँप्रहरीले प्रक्राउ गरेको छ ।
निज पौडेलले धेरै दिन अगाडि देखि उक्त कार्य गरिरहँदा पनि प्रहरीले पक्राउ गर्ननसकेपछि पत्रकार लगाएत सबैको दवाव पछि आज मात्र पक्राउ गरेको हो ।
समाजमा शान्ति सुरक्षा र अमनचयन को कार्यान्वयन गर्न जिल्ला तहका प्रमुख माथिनै भ्रष्टाचारीको आरोप लगाईरहँदा मुखदर्शक बनेको प्रहरी प्रशासनलाई आम नागरिकले पनि प्रश्न चिन्ह उठाउन थालेपछि पक्राउ गर्न बाध्य भएको हो ।
12 Comments