बागलुङ २०७७ भदौ २५ । बागलुङ जिल्लाका ९ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार बागलुङ जिल्लाको जैमिनी नगरपालिकाकी एक ५१ वर्षिया महिला, गल्कोट नगरपालिकाका एक २९ वर्षिय पुरुष तथा बरेङ गाउपालिकाका ८ देखी ५९ वर्ष समुहका ५ जना पुरुष र २ जना महिला रहेका छन् ।
विवरण अनुसार गण्डकी प्रदेशमा आज थपिएका ४९ जना कोरोना सक्रमितको संख्या संगै कुल संक्रमित संख्या २७२८ पुगेको छ ।