Sorry, that menu does not exist.
 

ताराखोलामा चट्याङले एक जनाको मृत्यु २ घाइते, बाढीले सडक, झोलुङ्गे पुल र भैंसी बगायो

पूर्णभद्र निउरे ताराखोला २०७७ भदौ २५ । गएराती चट्याङले ताराखोलामा एक जनाको ज्यान गएको छ भने दुईजना घाईत भएका छन् । वर्षा सङ्गैको चट्याङका कारण घर मै सुतिरहेको अबस्थामा ताराखोला गाउँपालिका वडा न ३ फिलमिरे का २२ बर्षिय भिम बहादुर बस्नेतको मृत्यु भएको इ प्र का ताराखोला का प्र ना नि युवराज सलमीले जानकारी दिए । चट्याङ कै कारण घाइते भएका सोही स्थान का ३२ बर्षीय सुरेश थापा र वडा न ३ कै बराहखोला छइमका ध्रुव कडेल स्थानिय क्लिनिकमा उपचार पछि घर फर्किएको र मृतकको शब पोस्टमार्टमका लागि गल्कोट प्राथमिक स्वास्थ केन्द्र हरिचौर लगिएको इप्रका ताराखोलाले जनाएको छ ।

गए राती कै वर्षाका कारण ताराखोला ५ मपेश खोला बाट आयको बाढिले करिमेलाका पुर्ण बहादुर रोकाको भैंसी बगाएको छ । खोला किनारामा रहेका बस्तीमा बाढी पसे पनि मानवीय क्षती नभएको वडा न ५ का वडा अध्यक्ष राम बहादुर रोकाले जान कारी दिए । बाढीले खोला नजिक रहेका खेती योग्य जमिन सङ्गै ५ वटा झोलुङ्गे पुलमा क्षती पुर्याएको छ । वडा न ५ को कमखोला घाट झोलुङ्गे पुल , वडा न ४ को मिच्चेक घाट झोलुङ्गे पुल र दोगाडी घाट झोलुङ्गे पुल बगाएको स्थानीय तम बहादुर घर्तीले जानकारी दिए । बाढीले ताराखोला जलबिधुत प्रसारण लाइनका पोलहरु समेत बगाएकोले बिधुत अबरुद्ध भएको छ । वडा न ४ को दलानचौरमा रहेको काठको अस्थायी मोटरेबल पुलमा समेत क्षति पुर्याएकोले ताराखोला देखि हरिचौर हटिया सम्मको सडक पूर्ण रुपमा अबरुद्ध बनेको छ। वडा न ५ को सिन्जालिचोक देखि करिमेला र मपेश खन्डमा मोटर बाटोमा बाढी पसे पछि मोटरबाटो समेत अबरुद्ध बनेको स्थानिय ले जानकारी दिएका छ्न।

सहकर्मी खगेन्द्र विश्वकर्माका अनुसार ताराखोला ५ को अलाडि खोला दमराबाट मपेस हुदै पानी जम्माभई बग्दा कच्ची सडक, उत्पादनीय वारि आधा दर्जन झोलुङ्गे पुल, ताराखोला जलविद्युतको पानी ट्याङ्की मुहान , मपेश खोलाको विद्युत र नाङ्गी खानेपानीमा क्षति पुर्याएको छ । तारा ५ कै हिले खोलाले त्रिशूलीमा सरबहादुरको घरमा क्षेति पुर्याएको छ । त्यसै गरि करिमेलामा बिकल्प रोकाको भैंसी बगाएको छ । तारा खोला रेम्बो ट्रयाउट माछामा क्षेति पुर्याएको छ । क्षतिको एकिन विबरण आउन बाकि छ । अवलोकनको लागि गाउपालिका बाट अध्यक्ष सहितको टोलि घटना स्थलमा पुगिसकेको छन् । ताराखोलामा स्लेट ढुङ्गा खानी वैज्ञानिक तवरबाट उत्खनन नहुदा भविष्यमा झन ठुलो समस्या आउने नश्चित भएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

5 Comments