बुर्तिवाङ २०७७ भदौ २७ । नेपाल रेडक्रस सोसाईटी जिल्लाबाट आएको राहत सामाग्री शुुक्रबार बुर्तिबाङ बजार देखि रेडक्रसले सिधै पीडित समक्ष पुगेर हस्तान्तरण गर्न खोजेपछि ढोरपाटन नगगरपालिकाले प्रहरी परिचालन गरी राहत लिएर पीडित समक्ष जान नदिएपछि करिब दुई घण्टा राहत सामाग्री बुर्तिबाङ लक्ष्मी कुण्ड पुल नजिक रोकिए
पछी बिबाद उत्पन्न भएको छ । एकव्दार प्रणालीव्दारा सहयोग/राहत सामाग्री वितरण गर्ने निहुँमा नगरपालिकाको कार्यालय हुँदाहुँदै व्यक्तिको निजी हाटल दरबारमा बुझाउन लगाउने गर्दा राहत वितरणमा धाँधली हुने आशंका स्थानीयले गरेका छन् । नेपाल रेडक्रस सोसाईटी बागलुङका उपमन्त्री मेशलाल शर्माको सम्योजगत्वमा बागलुङ शाखा सदस्य ढालेन्द्र गौतम, बुर्तिबाङ उपशाखा उपसभापती उत्तम महत, सचिव पुरन पाण्डेको सक्रियतामा जिल्ला रेडक्रस सोसाईटि बागलुङबाट प्राप्त भएको राहात सामाग्रि ५० घरधुरीलाई हस्तान्त्रण गरीएको छ । यसैबीच कायत समाजले पनि सिधै पीडितहरु समक्ष पुगेर नगर सहयोग वितरण गरेको थियो ।
यस विषयमा रेडक्रसका जिल्ला उपमन्त्री मेशलाल शर्माले जिल्ला रेडक्रसमा राहात रोकिएको जानकारी गराएपछि जिल्ला रेडक्रसको टोलीले जिल्ला प्रशासन कार्यालय बागलुङमा पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएपछि मात्र राहत पीडितको माझमा पुर्याउन बाटो खुलेको जिल्ला रेडक्रस सोसाईटी कार्यसमिती सदस्य भवानी कँडेलले बताए । ढोरपाटन नगरपाकिलाका नगरप्रमुख देवकुमार नेपालीले राहात पीडितको माझमा पुर्याउन नगरपालिकामा निवदेन दिनुपर्ने बताएपछि आफुहरुले निवदेन दिएपछि मात्र राहात हस्तान्त्रण गरीएको उनको भनाई छ ।
रेडक्रस जस्तो निकायलाई नगरपालिकाले आफनो अधीनमा राखेर राहात वितरणमा जान रोक्नु लज्जाको विषय भएको बताउँदै आफुहरुले तत्काल जिल्ला प्रशासनमा ध्यानाकर्षण गराएपछि मात्र सहज भएको कँडेलले बताए ।
रेडक्रस मार्फत ५० परिवारका निम्ती त्रिपाल, किचनमा आवश्यक पर्ने भाँडाकुँडा, कपडा, लगाएतका सामागी्र हस्तान्त्रण गरीएको छ । केन्द्रमार्फत केहि दिन पहिलेनै १५ सेट सामाग्रि आइसकेपनी आज वितरण गर्न नपाइएको र उक्त राहात वडा नं.९ ले राखेको उपमन्त्री मेशलाल शर्माले बताए ।
बाढी पीडितहरुका लागी विभिन्न दातृसंस्थाहरुले उपलव्ध गराउदै आएको सहयोेग ढोरपाटन नगरपालिकाको कार्यालयमा नभै बुर्तिवाङ बजार स्थित होटेल दरबारमा बुझाउने गर्दै आएका छन् । नगरपालिकाको कार्यालयमा पो बुझ्ने बुझाउने हो .व्यक्ति .विशेषको घरमा किन ? भन्ने प्रश्न उठिरहेको अवस्थामा रेडक्रसको राहत सामाग्री रोकिएको हो ।
16 Comments