Sorry, that menu does not exist.
 

अर्नाकोट एकता युवा समाजव्दारा बाढी पीडितलाई रु २ लाख ४१ हजार राहत वितरण !

छविलाल पाण्डे बुर्तिवाङ २०७७ भदौ २७ । अर्नाकोट एकता युवा समाज ढोरपाटन नगरपालिका २ व्दारा ढोरपाटनका बाढी पहिरो पीडित परिवारलाई राहत हस्तान्त्रण गरीएको छ । गत भदौ १७ गते रातीको बाढीका कारण परिवार गुमाएका तथा घरबास गुमाएकालाई सँस्थाको तर्फदेखि राहात उपलब्ध गराइएको हो ।

क्लबले २१ घरधुरीका लागि प्रति परिवार ११ हजार ५ सयका दरले २ लाख ४१ ह्जार ५ सय रुपैयाँ हस्तान्त्रण गरीएको क्लबका अध्यक्ष दुर्गाबहादुर खत्रीले बताए ।

अमेरिकाबाट टँक कँडेल र उषा भुषाल कँडेलव्दारा २ लाख राजु महत हाल दुबै देखि ५ हजार १ सय पूर्णा कुवँर हाल अमेरीका १५ हजार, राजु महतव्दारा ५ हजार १ सय डोरबहादुर थापाद्धारा पाँचहजार, सुर्यबहादुर कुवँरद्धारा तिन हजार, डोरबहादुर खत्रीद्धारा तिन हजार, बेगबहादुर खत्रीद्धारा तिन हजार राजन थापाद्धारा तिन हजार र अमित परियार द्धारा तिन हजार रुपैयाँ सहयोग उपलब्ध गराएसँगै सँस्थाले पीडितलाई राहात उपलब्ध गराएको हो । राहात हस्तान्त्रण कार्यक्रम क्लब अध्यक्ष दुर्गाबहादुर खत्रीको अध्यक्षता, ढोरपाटन नगरपालिका वडा नं.९ का अध्यक्ष हरीबहादुर घर्ति, सदस्य डोर बहादुर सुनार, वडा सदस्यहरु वडा सचिव थमप्रकाश घर्ति, उषा भुषालको बाबा एवम समाजसेवी नन्दराम भुषाल, शेरमान घर्ति लगाएतको उपस्थितिमा पीडित परिवारलाई राहात हस्तान्त्रण गरीएको हो ।

कार्यक्रममा बोल्दै सँस्थाका अध्यक्ष खत्रीले आफुहरुले पीडितको आलो घाउमा थोरै भएपनी मल्हम लगाउने उदेश्य स्वरुप आर्थिक सँकलन अभियान सुचारु गरीएको र पीडितको लागि राहात हस्तान्त्रण गरीएको बताए । उनले आर्थिक सहयोग गर्ने दाताहरुलाई समेत धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रम सँस्थाका सचिव सोमबहादुर महतको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment