Sorry, that menu does not exist.
 

सरकारी दम्भ देखाएर राहत बाड्न नदिनु मानवियताको उपहास !
बाढी पीडितहरुका लागी प्राप्त राहत बुर्तिबाङमा थन्क्याएर तमासा नदेखाउ – काँग्रेस

बुर्तिबाङ २०७७ भदौ २८ । ढोरपाटनका बाढी पीडितमाथि ढोरपाटन नगरपालिकाले अन्याय गरेको भन्दै नेपाली काँग्रेसले पत्रकार सम्मेलन गरेर नगरपालिकाको ध्यानाकर्षण गराएको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा गत भदौ १७ गतेको बाढीका कारण ढोरपाटन नगरपालिका ७,८ र ९ मा ज्यान गुमाएका, बेपत्ता बनेका तथा घरबार बिहीन पीडितलाई तत्काल गास र बासको व्यवस्थापनमा ध्यान नदिई स्थानिय सरकारले पीडितलाई अन्याय गरेको नेपाली काँग्रेसले आरोप लगाएको छ ।

नेपाली काँग्रेस ढोरपाटन नगर समितीको आयोजनामा आयोजित पत्रकार सम्मेलनका क्रममा नगरसभापती शालिकराम शर्माले बोल्दै घटना भएको १० दिन वितिसक्दा समेत नगरपालिकाले पीडितको माझमा संकलन भइसकेको राहत समेत पुर्याउन नसक्नु र स्वयं पालिकाबाट समेत कुनै राहतका कार्यक्रम तत्काल पीडित समक्ष पुर्याउन नसकि राहत लिएर जाने सहयोगी दाताहरुलाई समेत एकव्दार प्रणालीको दायरा बनाई पीडित माझ पुग्न नदिएर पीडितलाई थप पीडा दिने काममात्र भएको विज्ञप्तीमा भनिएको छ ।

नगरपालिकाले लक्ष्मीकुण्ड पुलमा प्रहरी परिचालन गरेर राहत लिएर पीडितको माझ पुग्ने सहयोगी दाताहरुलाई समेत जान नदिई मानवीय समवेदनाको समयमा राहत वितरणको नाममा सरकारी दम्भ देखाएर राहत बाड्न नदिनु मानवियताको संवेदनामा उपहास गरिएको र देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको स्थापना भइसक्दा समेत ढोरपाटन नगरपालिकामा राहत वितरण जस्तो संवेदनशील मानवीय कार्यमा निरंकुशताको जालो फिँजाउनु प्रजातन्त्र र लोकतन्त्र प्रति खिल्ली उडाएको आरोप लगाइएको छ ।

विश्वयुद्धमा समेत मानवीय सहयोग गर्ने काममा कुनै रोकटोक कहीँ कसैबाट नहुने विश्वव्यापी मान्यता प्राप्त आफनै आधारभुत सिद्धान्तमा संधै अहोरात्र जुट्ने रेडक्रस जस्तो संस्थाले राहत वितरण गर्न जाँदा बुर्तिबाङ बजारमा अवरोध सिर्जना गरी रोक लगाउने तथा भदौ १९ गते दैवी प्रकोप स्थलमा पु¥याएको राहत सामाग्री समेत ढोरपाटन नगरपालिका वडा नं. ९ का वडा अध्यक्षले आफनो मातहतमा राखी पीडितलाई वितरण नगरेको र नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयबाट पठाइएको राहत सामाग्री यसरी बन्दी बनाएर राख्ने र स्थानीय रेडक्रसका सदस्यहरुलाई समेत वितरण गरौँ भन्दा उपलब्ध नगराउने अमानवीय कार्य अत्यन्त निन्दनीय रहेको जनाइएको छ ।

स्थानीय सरकारको अधिकारको नाममा व्यक्तिगत दम्भका आधारमा निरंकुशताको पराकाष्ट प्रर्दशन गर्ने कार्यप्रति पार्टी घोर भ्रत्सना गर्दछ विज्ञप्तीमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी टेकराज पौडेलले स्थानिय सरकारले राजनैतिक दल, सँघसँस्था कोहिसँग पनी समन्वय नगरी एकलौटी तवरले अगाडी बढिरहँदा बास्तबिक पीडितले राहत पाउन नसकेको स्मरण गराउँदै तत्काल सम्बन्धित पीडित माझ राहत पुर्याउनु पर्ने बताए । पीडितको बस्ने, खाने समस्या छ ।

विधुत नहुँदा आफन्त सँग सम्पर्कमा रहन सकेका छैनन। स्वास्थ्य इकाई बाढीले बगाउँदा स्वास्थ्य सेवा अवरुद्ध हुँदा नागरिकले स्वास्थ्य सुविधा पाउन नसकेको, सडक अवरुद्ध भएका कारण पीडितले सहज रुपले राहात पाउन नसकको लगाएतका धेरै समस्या पीडितले झेलिरहनु परेको बताउँदै त्यसको तत्काले स्थानिय सरकारले व्यवस्थापन गर्नुपर्ने बताए ।

आफनो पार्टीले घटना हुँदाकै दिनमा तत्काल राहत र उद्धारका कार्य गरेको र निरन्तर पीडितको माझमा पुग्ने, आर्थिक सँकलन अभियानलाई अगाडी बढाउँदै पीडितलाई हस्तान्त्रण गर्ने कार्य भइरहेको बताउँदै तत्काल देशका विभिन्न स्थानमा सँकलन भइरहेको राहत हस्तान्त्रणको तयारी समेत भइरहेको बताए । नगरपालिकाले एकद्धार प्रणाली अनुसार अगाडी बढ्दै गर्दा सहयोगी दाताहरुबाट आएको राहात सिधै पीडितमाझ पुर्याउनु पर्ने वातावरण बनाउनु पर्ने , राहत बुर्तिबाङमा थन्क्याएर तमासा देखाउने कार्य तत्काल रोक्न आग्रह गर्दे हालसम्म सँकलन भइरहेको राहातको विषयमा जनताको विचमा जानकारी गराउनु पर्ने उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी सोम पौवी, क्षेत्रिय सचिव नरजँघ घर्ति, मेशलाल शर्मा लगाएतले पत्रकारले सोधेको प्रश्नको जवाफ दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

8 Comments