बागलुङ २०७७ भदौ २८ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले आज बागलुङ कारागार तथा जिल्ला ट्राफिक कार्यालयको निरीक्षण अवलोकन गरेका छन् । निरीक्षण अनुगमनका क्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु राष्ट्रिय अनुसन्धान बागलुङका उप अनुसन्धान निर्देशक नरेन्द्र राज गिरी, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मका सप्रनाउ रमेश गुरुङ, अर्जुनवाण गणका सहसेनानी सन्जय भण्डारी, जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी निरीक्षक हेम बहादुर केसी र समितिका सदस्य सचिव धीरेन्द्र राज पन्तको सहभागिता रहेको थियो ।
निरीक्षण पश्चात प्रमुख जिल्ला अधिकारी न्यौपानेले कारागारमा रहेका कैदी बन्दीहरुसंगको अन्तरक्रिया कार्यक्रममा कोरोना संक्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग, सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्न निर्देशन दिएका थिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी न्यौपानेले अनुगमनका क्रममा पुर्पक्षका लागी अन्य जिल्लाबाट स्थानान्तरण भै आउने, स्वास्थ्य उपचार पश्चात फर्कने बिरामी कैदी बन्दीहरुलाई नवनिर्मित भवनको एक क्वारेन्टाईनमा राख्ने पीसीआर परीक्षण पश्चात रिपोर्ट नेगेटिव आएमा मात्र कैदी बन्दीहरुसंग राख्ने व्यवस्था मिलाउने, पोजेटिव आएमा नवनिर्मित भवनको एक कोठामा प्रिआईसोलेशन कक्ष बनाई राख्ने व्यवस्था मिलाउने, कारागारमा रहेका कैदी बन्दीहरुलाई बाह्य व्यक्तिहरुसंग भेटघाट नियन्त्रण गर्ने, कैदी बन्दीहरुलाई अस्पताल अदालत लैजादा ल्याउदा स्वास्थ्यकर्मी र सुरक्षा कर्मीहरुले पीपीई, मास्क ग्लोब्स आदि लगाउने सामाजिक दुरी कायम गर्ने तथा कारागारमा कोरोना जोखिम न्यूनीकरणका लागी स्थानीय तह, स्वास्थ्य कार्यालय, धौलागिरी अस्पताल अन्य निकायसंग समन्वय गरी श्रोत साधनको व्यवस्थापन गर्ने निर्देशन भएको जेलर मोहन प्रसाद उपाध्यायले ईबागलुङलाई बताए ।
अन्तरक्रियाका क्रममा पुर्पक्षका लागी थुनामा रहेको बन्दीहरुले मुद्दाको किनारा लगाउन धेरै समय लाग्ने गरेकोले आफुहरुलै धेरै पीडा व्यहोर्नु परेको दुखेसा सुनाएका थिए । बागलुङ कारागारमा १०८ जना पुरुष तथा १६ जना महिला गरी जम्मा १२४ जना कैदीबन्दी रहेका छन् ।
प्रजिअ न्यौपानेव्दारा कारागार निरीक्षण : कारागारमा क्वारेन्टिन र प्रिआईसोलशन कक्षको निर्माण
२०७७ भाद्र २८, आईतवार १८:५७
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०