Sorry, that menu does not exist.
 

वामी सेवा समिति जापानव्दारा वाढी पीडितको लागि ३ लाख ६० हजार सहयोग

कमल पौडेल, बुर्तिवाङ २०७७ भदौ २९ । वामी सेवा समिति जापानको तर्फवाट ढोरपाटन नगरपालिकाको वडा नं. ९ भुजिखोलामा भदौ १७ गते गएको वाढिपहिरोबाट विस्थापित भएका पीडितहरुको लागि ३ लाख ६० हजार २ सय ९८ रुपैयाँ हस्तान्तरण गरिएको छ । वामी सेवा समिति जापानको तर्फवाट मानार्थ सदस्य समेत रहेका सांसद डा. सुर्य पाठक, मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, संस्थाका सल्लाहकार घनश्याम सापकोटा, मुनपा ८ का वडा अध्यक्ष नारायण सापकोटाले ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीलाई सो रकम बरावरको चेक हस्तान्तरण गरेका थिए ।

सो रकम हस्तान्तरण कार्यक्रममा बोल्दै साँसद डा.पाठकले नेपालीहरुको तर्फवाट जापानमा रहेको अब्बल संस्था मध्येको, वामी सेवा समितिले गरेको काम र परोपकारी कार्य अन्तरगत ढोरपाटनका पीडितहरुलाई सहयोग जुटाउनु सह्रानीय भएको बताए । सहयोग गर्नेहरुले कतै न कतै आफ्नो सहभागिता होस् भन्ने चाहेको भन्दै सांसद पाठकले नगरपालिकाले त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।

त्यस्तै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले विपद्को वेला धेरैको साथ आवश्यक पर्ने भन्दै मुसिकोट नगरपालिका, ढोरपाटन नगरको साथमा रहेको बताए । राहत वितरणलाई एकद्धार र एकिकृत गर्नुपर्ने र ढोरपाटनले सोहि कार्यको सुरुवात गरेको भन्दै प्रशंसा समेत व्यक्त गरेका थिए ।

त्यस्तै ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै कामलाई कसरी पारदर्शी गर्ने र

कार्यक्रममा ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुन, प्रमुख प्रशासकीय अधिकृत डिलाराम भट्टराई, नेपाल पत्रकार महासंघका जिल्ला शाखा बागलुङका पूर्व अध्यक्ष हरिनारायण गौतम लगाएत जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन वामी सेवा समितिका सम्बद्ध सदस्य उज्जवल खत्रीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !