Sorry, that menu does not exist.
 

बाढीपीडितहरुलाई बिहुँकोट समाज जापान द्वारा २ लाख ५१ हजार राहत वितरण

भरत सापकोटा बुर्तिवाङ २०७७ भदौ ३० । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा गत भदौ १७गते भीषण बर्षा संगै आएको बाढीले सोहि नगरपालिकाका वडाहरु ६,७,८,९,मा मच्चाएको बित्तण्डा देखिसाध्य र भनिसाध्य छैन, मानवीय क्षति तेत्तिकै ठुलो छ भने भौतिक क्षति कल्पना गर्नै नसकिने गरि क्षतविक्षत भएको छ।

त्यहि बाढीले कांहालि लाग्दो बनाएको ढोरपाटनको बोबाङ्गका बाढी पीडित निसीखोला र तमानखोला गाउँपालिका पहिरोबाट पीडित परिवारलाई समेत राहत वितरण गरिएको थियो ।

बाग्लुङ जिल्लाको बिहुँकोटमा स्थापित परोपकारी संस्था जिल्लाका हरेक क्षत्रमा हुने दैबिक बिपत्ति प्राकृतिक प्रकोप , बाढिपहिरो, आगालागि, जस्ता दैबिक र प्राकृतिक घटना साथै शिक्षा ,स्वाथ्य,क्षेत्र समेत ठुलो सहयोग गर्दै आएको सामाजिक संस्था बिहुँकोट समाज जापान द्वारा ढोरपाटन का पहिरो पडिितहरुको लागि रु २५१२००। दुईलाख एकाउन्न हजार दुईसय रुपैयां यसै संस्थाका अध्यक्ष सुदर्शन कडेंल,सचिब भिष्म कडेंल,कोषाध्यक्ष नारायण प्रसाद कडेंल ९राजु०सल्लहाकार द्वय शिव प्रसाद कडेंल,गौरीशंक शर्मा सुवेद िलगाएत संस्था पदाधिकारीहरुबाट संयुक्त रुपमा ढोरपाटन नगरपालिका मेयर देवबाहादुर नेपालीलाई हस्तान्तरण गरिएको छ।

सो अवसरमा मन्तब्य राख्दै नेपालको बतर्मान परिवेशमा स्थानिय सरकार तथा अन्य कुनै संघ संस्थाहरुले बाढीपीडित या जुनसुकै पीडामा परेको भनि संहयोग रकम उठाउँदै सो रकम दुरुपयोग भएको र पीडितहरुले नपाएको कुरा सु्न्नमा आईरहेकाले आफुले पाएको सहयोगमा कुनै त्यस्तो शंका नगर्न समेत आग्रह गरे। उनले आफ्नो क्षेत्रमा आएको बाढीले पुराएको मानवीय क्षति र भौतिक क्षेति अकल्पनिय र अपुर्णिय रहेकाले सबैको सहयोगले पुन निर्माण जुट्ने तयारी रहेको बताए। मेयर नेपालीले १२० घर,१वटा प्राथमिक र अर्को आधारभुत बिद्यालय पुन निर्माण गर्नु पर्ने भएकाले ठुलै सहयोगको खांचो रहेको समेत बताए ।उनले हाल सम्म नगद जिन्सी सहित रु ७३लाख ३०हजार भन्दा माथि सहयोग संकल भईसकेको छ जस्मा पीडित १२६घर परिवार लागि बैकल्पिक उर्जा प्रबद्धन केन्द्र बाट बत्ति सिस्टम र बाग्लुङ बाट काठमान्डौ मा ब्यवसाय गदै आएका ब्यबसायीहरु अन्य सहयोगि बाट सोलार ब्याट्रि गरि रु १३ लाख २३ हजार बराबर सोलार सिस्टम हस्तातन्तरण गरिएको ब्यबसाहि ओम के सि बताए ।

त्यस्तै बिहुँकोट समाज जापानले निसीखोला र तमान खोलामा गाउँपालिकामा केहिदिन पहिले पहिरो बाट ज्यान गुमाएका प्रति परिवार लाई जनहि रु १०र१०का दरले निसीखोलाका वडा नं ७का वडा अध्यक्ष तेजेन्द्र विक्रम कुँवर मार्फत मृतकहरुको परिवारलाई हस्तान्तरण गरिएको हो।९मृतक बिरेन्द्र विक प्रकाश वि क वडा ५,वलि कामि वडा ३,र तोरन परियार वडा १० त्यस्तै तमान खोलाका अध्यक्ष जोकलाल बुढा मगर मार्फत खिम बहादुर बि क र रिता वि क को परिवार जनहि १०र१०हजार का दरले हस्तान्तरण गरिएको हो। सो रकम रु ९३११२०००तिन लाख एधार हजार दुई सय मध्ये हाल जापान मा स्थापित जापान समाज बिहुँकोट बाट रु ९२७४२०००दुईलाख चौह्वतर हजार दुई सय र बाँकि बिहुँकोट समाज जापान को कोष बाट उपलब्ध गराईएको कोषाध्यक्ष नारायण प्रसाद कडेंल राजु ले बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !