Sorry, that menu does not exist.
 

बागलुङमा ६ वर्षिय बालक सहित ३ जना कोरोना संक्रमित

रामप्रसाद घिमिरे, बागलुङ २०७७ भदौ ३१ । बागलुङ जिल्लामा आज ६ वर्षको बालक सहित ३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार बागलुङ नगरपालिका १ का ४६ वर्षिय पुरुष, गल्कोट नगरपालिका ३ का ३७ वर्षिय पुरुष तथा बडीगाड गाउपालिका ४ का ६ वर्षिय बालकमा संक्रमण देखिएको हो । गल्कोट र बागलुङ नगरपालिकाका दुबै संक्रमितहरु भारतबाट आएर क्वारेन्टाईन बसिरहेका थिए ।
स्वास्थ्य कार्यालय बागलुङले भदौ ३० गते प्रकाशित गरेको विवरण अनुसार जिल्लाको कोरोन अपडेट यसप्रकार छ ।

अद्यावधिक विवरणमा बागलुङका ३ जना सहित गण्डकी प्रदेशमा आज ५० जना संक्रमित थपिएका छन् । यो संगै प्रदेशमा संक्रमितको संख्या ३१६६ पुगेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !