Sorry, that menu does not exist.
 

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव असोज २४ गते

बागलुङ २०७७ असोज १ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले निर्वाचन निष्पक्ष स्वच्छ हुुनु पर्ने बताएका छन् । बागलुङमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेडयुनियनको निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्दै प्रजिअ न्यौपानेले यस्तो बताएका हुन् ।

यहि असोज २४ गते हुने ट्रेड युनियनको निर्वाचनका लागी जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीबक्ता सुरेन्द्र राज काफ्ले निर्वाचन अधिकृत तोकिएका छन् । सो अवसरमा उनले निर्वाचन सम्वन्धमा जानकारी दिएको निजामती कर्मचारी संगठनक. बागलुङका अध्यक्ष रामप्रसाद उपाध्यायले ईबागलुङलाई जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !