Sorry, that menu does not exist.
 

बानपा- १ रामरेखामा आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन

बिदुर शर्मा, बागलुङ २०७७ असोज १ । बागलुङ नगरपालिका १ रामरेखामा निर्माण गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्रको नगरप्रमुख जनक पौडेलले उद्घाटन गरेका छन् । बागलुङ नगरपालिकाको २०७६र७७ को बजेटबाट उक्त सेवा केन्द्र स्थापना गरिएको नगरपालिकका स्वास्थ्य संयोजक रामप्रसाद खनालले जानकारी दिए।

भवन उद्घाटन पछी नगरप्रमुख पौडेलले एकअनंबरका वडाबासीको स्वास्थ्यमा अझै जिम्मेवारी बन्दै नगरपालिकाले सो सेवाकेन्द्र सन्चालन गरेको बताए। संबिधानमा उल्लेख भएअनुसार स्वास्थ्य जनताको नैसर्गिक अधिकार अन्तर्गत पर्ने कुरा हो यसलाइ आम जनतामाझ सर्बसुलभ ढंगले पुर्याउन यस नगरपालिकाले दिर्घकालनी योजना बनाएको धारणा ब्यक्त गरे। उक्त स्वास्थ्य सेवा केन्द्रद्वारा सामन्य बिरामीलाइ उपचार, खोप लगाउने, गर्भवती परिक्षण,निशुल्क औषधि बितरण लगायतका सामान्य स्वास्थ्य सेवा दिने खनालले बताए। कार्यक्रम वडा नंबर १ का अध्यक्ष दुर्गा बहादुर सार्किको अध्यक्षतामा र नगरपालिका स्वास्थ्य शाखाक सिनियर अहेब डिल्लिप्रसाद आचार्यको सन्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !