Sorry, that menu does not exist.
 

तमानखोला युवा समूह र खुंखानी समाज द्वारा बाढी पीडितलाई राहत बितरण

देवेन्द्र पुन, बुर्तिवाङ २०७७ असोज १३ । गत भदौ १७ गते मध्यराति ढोरपाटन नगरपालिका वडा नम्बर ७,८,९ मा आएको बाढिले बगाएर बिपदमा परेका परिवारहरुलाई तमानखोला युवा समूह तमानखोला बागलुङ र खुंखनी समाज तमानखोला(५ द्वारा संयुक्त रुपमा राहत हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। तमानखोला युवा समूह द्वारा संकलित रकम ३,७२,५५० र खुंखानी समाज द्वारा संकलित रकम २,०२,०९० गरि जम्मा रकम ५,७४,६४० हस्तान्तरण गरेको हो।

२० मृतक परिवार प्रती परिवार ९ हजारका दरले ,पुर्ण क्षति भएको ७४ घरपरिवारलाई प्रती परिवार ३ हजार ५ सयका दर, आंशिक क्षति भएको ३९ परिवारलाई प्रती परिवार रु।२ हजारका दरले ,भाडामा बस्ने प्रती परिवारलाई रु। १००० का दरले, २ घाइते परिवारमा प्रती परिवार रु।५ हजारको दरले र पिता गुमाएका एक बालकलाई ५ हजार हस्तान्तरण गरियो। त्यसै गरि परिवार बिहिन २ बालबालिकालाई रु।२९,६४५ रुपैयाँ तमानखोला युवा समूह ,खुंखानी समाजले , वडा अध्यक्ष र पीडितहरुको सहमतिमा उनिहरुको खातामा जम्मा गर्ने निर्णय गरेको थियो।

उक्त राहत हस्तान्तरण कार्यक्रममा तमानखोला युवा समुहको प्रतिनिधित्वगरि भुवानी शंकर पुन , थोमस क्षेत्री, रमेश तथप्जा, धर्म घर्ती, नारायण सुनार, जीवन रसाइली, हिक्मत जक्तपुरी र देवेन्द्र पुन साथै खुंखानी समाजको प्रतिनिधित्व गरि हिरा बहादुर सिर्पाली , भुमिराज सुन्चौरी, खगेन्द्र सिर्पाली, र सिजन सिर्पाली लगायतका स्थानिय बुद्धिजिवी र वडा सदस्यहरुको रोहवरमा राहत हस्तान्तरण गरिएको थियो।
त्यसै गरि तमानखोला ५ का वडा अध्यक्ष हिरा बहादुर सिर्पालीद्वारा दुई परिवार बिहीन बालबालिकालाई एक एक सेट कपडा किनेर हस्तान्तरण गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !