Sorry, that menu does not exist.
 

पाण्डबखानीमा वाइफाइ जडान गर्नेहरुको लर्को, हालसम्म ६५ जना घरमा जडान

सुरेश छन्त्याल गलकोट २०७७ असोज १४ । गलकोट नगरपालिका १० पाण्डबखानीमा वाइफाइ जडान गर्नेहरुको लर्को लागिरहेको छ। गलकोट लिङ प्रालिद्धारा संचालित वाइफाइ पाण्डबखानीमा सुरुमा ४ जनाले सुरुवात गरेपछि हालसम्म ६५ जना घरहरुमा जडान भएको छ। वाइफाइ जडान गरेपछि विशेषगरी विद्यार्थीहरु लाभान्वित भएका छन् ।

कोरोना भाइरस कोविड १९ का कारण प्रभाव पारेको पठनपाठन संगै अनलाइन मार्फत विद्यार्थीहरुले कलास लिनका लागि यश वाइफाइले ठुलो सहयोग गरेको छ। ग्रामीण बस्तीमा संचारको पहुँच पुगे संगै वाइफाइ पनि एक संचार सामाग्री हो जस्तै यसका कारण देश तथा विदेशमा रहेको आफ्नत संग सहज कुराकानी गर्न विभिन्न सामाग्री हेर्न सहज भएको साथै यहि वाइफाइका कारण जस्तो सुकै काम गर्न सहज पनि हुने भएको हुनाले पाण्डबखानीमा वाइफाइ जडान गर्ने जमर्को बढेको गलकोट लिङ प्रालिका प्रमुख डम्बर केसीले जानकारी दिए । यस वाइफाइको मुख्य कार्यालय बागलुङ बजारमा छ, भने शाखा कार्यालय गलकोट हटियामा रहेको लिङ गाउँ गाउँ पुगिसकेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

4 Comments