बागलुङ २०७७ असोज १४ । बागलुङ जिल्लामा कोरोना भाईरस (कोविड-१९)को संक्रमण बढ्दै गएको छ । आज दिउसो स्वास्थ्य निर्देशनालय पोखराबाट अद्यावधिक विवरण अनुसार तीन जना नेपाली सेना र २ जना प्रहरी सहित ७ जना कोरोणा संक्रमित भएकोमा भरखर मात्र बागलुङको गल्कोट नगरपालिका र निसीखोला गाउपालिकाका १ जना महिला र ५ जना पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना संक्रमण हुनेमा निसीखोला गाउपालिकाका दुई जना भारतबाट र एक जना कुवेतबाट घर आएका हुन् भने गल्कोट नगरपालिकामा संक्रमण पुष्टि हुनेहरु तीन जनामा एक महिला सहित २ जना पुरुष रौतहटबाट आएका कामदार भएको बुझिएको छ । दुई पटक गरी आजै बागलुङमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।