बागलुङ २०७७ असोज १४ । आज प्रहरीले ८ जना फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा बुझाएको छ । जिल्ला अदालत बागलुङले गरेको फैसला अनुसार कैद जरीवाना तोकिएका ८ जना फरार प्रतिवादीहरुमा बागलुङ नगरपालिकाका ४ जना, जैमिनी नगरपालिकाका ३ जना र १ जना ढोरपाटन नगरपाािलका अधिकारीचौरका रहेका छन् ।