Sorry, that menu does not exist.
 

ताराखोलामा प्रभु बैँकले रु ५ करोड सम्म सहुलियत कर्जा प्रवाह गर्ने

पूर्णभद्र निउरे, ताराखोला २०७७ कात्तिक १९ । ताराखोला स्थित प्रभु बैङ्कको शाखाले गाउँपालिका भित्रका विभिन्न क्षेत्रमा गरि करिब ५ करोड रुपैयाँ लगानी गरेको छ । बैंकले घर, व्यावसायिक कृषि तथा पशुपंक्षि कर्जा , महिला उद्यम, शैक्षिक कर्जा , सम्पती धितो कर्जा गरि करिब ५ करोड रुपैयाँ लगानी गरेको शाखा प्रमुख प्रकाश सुबेदीले बताए । बिशेष गरि महिला उद्द्मशिलता , दलित समुदाय र ब्याबसायिक कर्जालाई लक्षित गरि ४ देखि ५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिरहेको सन्चालन प्रमुख चन्द्र बहादुर रोकाले जानकारी दिए । रोकाका अनुसार शाखाबाट परियोजना हेरिकन १ लाख देखि ५ करोड सम्म सहुलियत दरमा कर्जा प्रवाह गर्न सकिने छ। उनले कोरोना महामारीका कारण सेवा प्रवाहमा केही कठिनाई भएको बताए । गत चैत्रदेखि कोरोना कहर सुरु भयो, त्यसकारण अझै बढि प्रभावकारी रुपमा सेवा सञ्चालन गर्न सकेनौू रोकाको भनाइ छ । कोरोना कहर र लकडाउनका बीच पनि बैकबाट प्रवाह हुने सेवा र बैंकबाट भएको लगानीलाइ बैंकले आफ्नो सफलता ठानेको छ।

ताराखोला गाउँपालिका ३ हिल घुस्मेलीमा कार्यालय रहेको बैङ्कले २०७५ साल असार ३१ गते देखि आफ्नो कारोबार शुरु गरेको बैंकले डिजिटल प्रबिधिमा QR कोड, ATM कार्ड मोबाइल बैंकिङ्ग सेवा प्रवाह गरिरहेको शाखा प्रमुख सुवेदीले बताए । ताराखोला शाखाले गाउँपालिका भित्र ५ वटै वडामा सामाजिक सुरक्षा भत्ता बितरण , बिद्यालय , स्वास्थ चौकी, गाउँपालिका भित्र का विभिन्न उपभोक्ता समितिका खाता संचालन मा रहेका छ्न भने चल्ती, बचत र मुद्धती गरि ४ हजार जना सक्रिय खाता सञ्चालक रहेका साखा प्रमुख प्रकाश सुवेदीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !