Sorry, that menu does not exist.
 

बागलुङमा कोरोना संक्रमणबाट ७९ वर्षिय बृद्धको निधन

सोम शर्मा, बागलुङ २०७७ कात्तिक २१ । गत कात्तिक १९ गते स्वासप्रस्वासमा समस्या भएपछी उचपारार्थ धौलागिरी अस्पतालको ईमर्जेन्सीमा भर्ना भएका ७९ वर्षिय बृद्धको उपचारकै क्रममा सोहि दिन निधन भएकोमा आज उनको स्वाब परीक्षण रिपोर्ट पोजेटिव आएको अस्पताल श्रोतले बताएको छ । मृतकको शवलाई स्वाब परीक्षणको रिपोर्टको पतिक्षामा अहिले सम्म धौलागिरी अस्पतालमै राखिएको छ ।

बागलुङ नगरपालिका २ रुद्रेपिपल निवासी ७९ वर्षिय बृद्ध कोरोना संक्रमणबाट धौलागिरी अस्पतालमा निधन हुने दाश्रो व्यक्तिहुन भने बागलुङका सातौं व्यक्ति हुन् ।

आधिकारिक पीसीआर रिपोर्ट प्राप्त भएपछी मृतकको शवको व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !