Sorry, that menu does not exist.
 

गल्कोट समाज जापान मार्फत सात लाख बढी सहयोग हस्तान्तरण

जापान २०७७ मंसिर ४ । मानवीय सेवामा सधै अग्रस्थानमा रहदै आएको गल्कोट समाज जापानले सियोना श्रेष्ठको उपचारमा आर्थिक सहयोग गरी अर्को एक उदाहरणीय कार्य गरेको छ। नवलपरासीको रामग्राम २ घर भएका डा।सन्दीप श्रेष्ठ र नर्स एलिना श्रेष्ठकी १० महिनाकी छोरी सियोना श्रेष्ठ संसारमा बिरलै देखिने स्पाईनल मस्कुलर अट्रोफी नामक रोगबाट ग्रस्त भएकी छन्। विश्वका अन्य देशमा समेत उपचार असम्भव जस्तै भएको यो रोगको अमेरिकामा मात्रै उपचार सम्भव छ।उक्त रोगको उपचारको निम्ती करीब २१ लाख अमेरिकी डलर अर्थात नेपाली करीब २५ करोड खर्च लाग्ने परिवारको जानकारी सॅगै यो अभियान संचालन गरेको गल्कोट समाज जापान बिपत तथा मानवीय सेवा बिभाग संयोजक रत्नसिंह बस्नेतले जानकारी दिए।

नेपालीहरु एक अर्काको दुखमा संसारको जुन सुकै कुनामा भए पनि हातेमालो गरेर एकअर्काको दुख पार लगाउन सधै तत्पर रहन्छौ भन्ने प्रमाणित गर्दै यस गल्कोट समाज जापानले पनि सियोना श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान संचालन गरेको थियो ।समाजको यस अभियानमा छोटो समयमा ७ लाख ६३ हजार, ३ सय ६७ नेपाली रुपैया संकलन भएको थियो।संकलित रकम नेपाल हस्तान्तरण गरी सकेको समाजले जानकारी दिएको छ भने सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ अभियन्ता बेलुकाजी थापाले जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !