पर्वत २०७४ बैशाख २८ । पर्वत जिल्लाको जलजला गाउँपालिका ८ नाग्लीवाङमा माओबादी केन्दवाट वडाध्यक्षका उम्मेदवार सोमवहादुर जिसीले आफु निर्वाचित भएमा राज्यबाट प्राप्त हुने सेवा सुविधा आफुले नलिएर गरिव, साहारा विहीन र समस्यामा परेका वर्गहरुको संरक्षणमा खर्चिर्ने उद्घोष गरेका छन् ।
जिसीले आफु जहिलेपनि समाजसेवामा समर्पित रहेको र अव पनि समाजसेवामै समर्पित रहने उद्घोष साथ आफु समाजका लागि उम्मेदवार वनेको वताए ।
‘म कुनै व्याक्तिगत फाईदा का लागि नभएर समाजका लागि चुनावमा आएको हो,‘उनले भने, ‘मैले पाउने सुविधा लेखेर राख्नुस केहि पनि लिन्न ।
स्थानीय जनकल्याण माविको अध्यक्ष सहित अन्य दर्जनौँ सामाजिक संस्थामा आवद्ध जिसीले गाउँमा विभिन्न रोगवाट पीडित वनेका व्याक्तिहरुलाई सहयोग जुटाउन, खेलमैदान, मोटरवाटो, गोरेटोवाटो निर्माण गर्न, गाउँमा कृषि, स्वास्थ्य, शिक्षा, सिचाई जस्ता आधारभूत आवश्यकता पुरा गर्न उनको सक्रिय सहयोग रहदै आएको छ ।
विपक्षीहरुपनि जीसीको सामाजिक कृयाकलालाई लिएर प्रशंसा गर्दै आएकाले आसन्न निर्वाचनमा उनको जीत निश्चित भएको नाङ्लीवाङवासी बताउछन् ।
नाग्लीवाङमा १७ सय ८७ मतदाता रहेका छन् । ५ सय मत ल्याउने वडाध्यक्षमा विजयी हुने अनुमान छ ।