Sorry, that menu does not exist.
 

नवनिर्वाचित जनप्रतिनिधीहरुप्रति नगरवासीका थुप्रै आशा र भरोशा …

नगरवासीको गासवास उठ्ठिवास गर्ने काममा नवनिर्वाचित जनप्रतिनिधीहरु नलाग्न आग्रह !

बागलुङ २०७४ जेठ ९ । बागलुङ जिल्लाका ४ नगर र ६ गाउपालिकामा हालै सम्पन्न निर्वाचनमा विजयी अधिकाँश प्रतिनिधीहरुले आआफनो पदभार ग्रहण गरेर कार्यारम्भ गरिसकेका छन् । नयाँ उत्साह र उमंगकासाथ कार्यालय पुगेका नवनिर्वाचित जन प्रतिनिधीहरुलाई सम्वन्धित स्थानीय निकायका कार्यकारी अधिकृतहरुले स्वागत सम्मानका साथ कार्यकक्षमा प्रवेश गराएका छन् ।

दुई दशक कर्मचारीहरुबाट सन्चालित स्थानीय निकायमा पहिलो पटक नयाँ संरचनाका साथ विजयी भएर पुगेका जनप्रतिनिधीहरुबाट जनताले थुप्रै आशा र विश्वास लिएका छन् । सम्बृद्ध नगर र गाउपालिका बनाउने प्रतिवद्धताका साथ चुनावमा विजयी बनेका प्रतिनिधीहरुबाट अवलम्वन गरिने नीति र कार्यक्रमका बारेमा निकै चनाखो भएर हेरिरहेका छन् ।

साबिक गाविसहरु जुन नगरपालिमा समावेश भएका छन र जुनजुन साविक गाविसहरु मिलेर नयाँ नगरपालिका बनेको छ त्यहाका जनता नगरपालिका बारेमा बढी जिज्ञासु रहेको पाईएको छ ।

पछिल्लो स्थानीय तहको पुनर्संरचना हुनु पूर्व जिल्लाको एकमात्र बागलुङ नगरपालिकाका वासिन्दाले व्यहोर्नु परेका विभिन्न समस्याहरुको सम्वोधन कसरी हुन्छ भन्ने नगरवासीमा निकै चासो रहेको छ ।

सम्पन्न निर्वाचनमा बागलुङ नगरपालिकामा एमाले, राप्रपा र जनमोर्चाको संयुक्त प्यानलबाट उठेका उमेदवारहरुको बर्चस्व रहेको छ ।

नवनिर्वाचित नगरप्रमुखमा जनक पौडेल एमालेका सज्जन व्यक्तित्व मानिन्छन् । उनीमा सबैपक्षलाई समेटेर अघी बढ्ने कार्यकुशलता रहेको विश्वास गरिएको छ । उता राप्रपाबाट उपमेयरमा विजयश्री प्राप्त गर्न सफल सुरेन्द्र खड्काप्रति पनि नगरवासीको आशा र भरोशा त्यत्तिकै छ । यसको खास कारणपनि छ ।


बानपाको ज्यादती विरुद्ध बागलुङ बजारमा माघ ९ गते निस्केको विरोध जुलुसलाई सम्वोधन गर्दै सुरेन्द्र खड्का ।

जगाको मापदण्ड, घरको नक्शा पास आदि समस्याबाट सताईएका पीडित नगरवासीको मागलाई लिएर गत पुष २८ गतेको औ नगरपरिषदमा जोडदार आवाज उठाउने राप्रपाका यिनै सुरेन्द्र खड्का थिए, जसलाई नगरवासीले आफनो अमुल्य मत दिएर उपमेयर जस्तो गरिमामय पदमा आसिन गराएका छन् ।

२२ औं नगरपरिषदमा नगरवासीहरुले जग्गाको मापदण्ड, नक्शा पास आदि कार्यमा लापर्वाही र भ्रष्टाचारहुने गरे विरोध गर्दै नारावाजी गरी नगरपरिष नै चल्न नदिए पछी राजनीतिक दल र नगरपालिका वीच छलफल हुँदा नगरवासीको मागलाई सम्वोधन गर्ने सहमति पश्चात आन्दोलित नगरवासीले नगरपरिषद (आयव्यय सार्वजनिक कार्यक्रम)हुन दिएका थिए ।

समयसमयमा बागलुङ नगरपालिकाका विरुद्ध नागरिक समाजव्दारा विभिन्न कार्यक्रम हुँदै आएका पनि छन् ।

परिषद सम्पन्न भयो तर नगरवासीको पीडा ज्यूँका त्यूँ रह्यो, अर्थात नगरपाकिाकाबाट जनतालाई धोका भयो । पुन त्यस्को बिरुद्ध २०७३ माघ ९ गते निस्केको नगरवासीको विशाल जुलुसको नेतृत्व गर्दै यिनै खड्काले नगरपालिका कार्यालय र सेवा केन्द्रमा तालाबन्दी गरेर नगरवासीको मर्कालाई सम्वोधन गर्न बुलन्द आवाज उठाएका हुन् । त्यसैलै उपप्रमुख खड्का प्रति नगरवासीको विश्वास र भरोशा छ ।

विभिन्न झन्झट खडा गरेर, अपायक ठाउँमा कार्यालय राखेर सताईएका आम नगरवासीको मर्का र समस्या जतिसक्दो छिटो समाधान गर्न नवनिर्वाचित मेयर उपमेयर लगायतका प्रतिनिधीहरुको ध्यान जानु जरुरी छ । डाँडा, पाखा, भीर, पहरा, खोल्सा खुल्सी, टुक्राटाक्री जगामा छाप्रो बनाएर गुजारा गर्न बाध्य नगरवासीको गासवास उठ्ठिवास गर्ने काममा नवनिर्वाचित जनप्रतिनिधीहरु नलाग्ने विश्वासमा नगरवासी रहेका छन् ।

तस्वीर- संगम घर्तीमगर, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply