Sorry, that menu does not exist.
 

बागलुङबाट काठमाडौ जाँदै गरेको माईक्रोबस दुर्घटना, २ जनाको अवस्था गम्भीर

बागलुङ, २०७४ जेठ १२ । शुक्रवार बागलुङ बजारदेखी काठमाडौँलाई छुटेको माईक्रोबस तनहुँको बन्दिपुरमा दुर्घटना हुँदा त्यस्मा सवार ११ जना यात्रु घाईत भएका छन् । बा ४ ख ११७५ नम्बरको माइृक्रो र आँबुखैरेनीबाट डुम्रेतर्फ गैरहेको ना ५ ख ८८९१ नम्बरको ट्रक ठोक्किएर दुर्घटना हुँदा ११ जना घाईत भएका हुन् ।

घाईते मध्य चालक बागलुङ निवासी ५० वर्षका नरबहादुर थापा र उनकी श्रीमती ४५ मनमाया थापाको अवस्था गम्भीर रहेको बताईएको छ। घाईतहरुको यात्रुको पोखराको फिस्टेल अस्पतालमा उपचार भैरहेको छ।

बाँकी घाइतेहरुको भने डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

अपडेट बिहान ११.३०

यस दुर्घटनामा बागलुङका माओवादी केन्द्रका नेता प्रचार विभाग प्रमुख कृष्णबहादुर केसीसमेत गम्भीर घाईते भएको खुल्न आएको छ । सो दुर्घटनामा घाईते बनेका केसीको हाल नर्भिक अस्पताल थापाथलीमा उपचार भैरहेको छ ।

घाईतै भै उपचाररत रहेको केसीले केहि समय पहिले आफनो फेसबुक स्टाटसमा लेखेका छन्, ‘हिजो बाग्लुङ बाट काठमाडौ आउदै गर्दा तनहुँको डुम्रेमा म चढेको माइक्रो बस ट्रकसंग ठोकिन गैइ म लगाएत केही यात्रु हरु गम्भीर घाइते हुन पुगेछौ।मलाइ तत्काल डुम्रेको अस्पतालले काठमाडौ रिफर गरेछ।म हिजो बेलुका ११ बजे देखि थापाथली को नर्भिक अस्पतालमा मेरो उपचार भैरहेको छ।म चढेको माइक्रोको अबस्था हेर्दा लाग्छ मैले यो दुर्घटनामा मिर्त्युलाई जित्न सफल भएको छु।यो समाचार सुनेर मलाई सम्पर्क गरि चिन्ता ब्यक्त गर्ने सबै शुभचितक आफन्तमा धन्यबाद।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply